स्ववियु निर्वाचन विशेष: नेपालगन्ज नर्सिङ क्याम्पसमा कस्को पल्ला भारी

लुम्बिनी प्रदेश बिशेष शिक्षा


नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा हुन गइरहेको चैत ५ गतेको स्ववियु निर्वाचनमा नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा दुईवटा प्यानल खडा भएका छन् ।
संयुक्त प्यानलमा नेविसंघ,( नेपाली कांग्रेस ) अखिल क्रान्तिकारी ( माओवादी केन्द्र निकट) र अनेरास्ववियु ( नेकपा एस) निकटको तर्फबाट अध्यक्ष पदमा दिपीका सोनीको उम्मेदवारी रहेको छ भने अनेरास्ववियु (नेकपा एमाले ) निकटका तर्फबाट अध्यक्ष पदमा निलिमा गिरीको उम्मेदवारी रहेको छ ।
उक्त नर्सिङ क्याम्पसमा लगभग १ सय ६१ जति मतदाता रहेको बताइएको छ, जसमध्ये यसभन्दा अघिल्लो चुनावमा झिनो मतान्तरले अनेरास्ववियुले जितेको थियोे । यसपटक तिनवटा संघ/ संगठनले गठबन्धन गरेको हुदा सजिलै संयुक्त प्यानले जित हासिल गर्ने चर्चा यदाकदा गरिएको छ भने पहिला अनेरास्ववियुले जितेको ठाउँ भएको हुदा त्यति सजिलो पनि नभएको चर्चा गरिएको छ । यसको नतिजा हेर्न भने चैत ५ सम्मनै कुर्नु पर्ने भएको छ ।
यस्तो छ टीमहरुको नामावली
संयुक्त प्यानलको टीममा दिपिका सोनी अध्यक्ष, नेहा थापा सचिव, रेलुसा खत्री कोषाध्यक्षमा उम्मेद्वारी दर्ता गराएको छ । सदस्यमा अपेक्षा श्रेष्ठ , रस्मी अधिकारी र योजना छिनालको नाम दर्ता गरिएको छ । त्यस्तै समानुपतिक सदस्य तर्फ अनुस्का श्रेष्ठ , पुनम मल्ल, विशाखा गैरे , अन्चली सुनार र दुर्गा गन्दर्वलाई सदस्यमा नाम दर्ता गरिएको छ ।
त्यसैगरी अनेरास्ववियुको टीममा अध्यक्षमा निलिमा गिरी, सचिवमा देवार्चना अधिकारी , कोषाध्यक्षमा अनुपमा चौधरी , सदस्यमा विनिता बेल्बासे, ईषा पौडेल , ममता गौली लगायत समानुपातिकको उम्मेदवार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *