नेपालगन्जमा नेकपा माओवादी केन्द्रले गर्यो शक्ति प्रदर्शन

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभाका लागि बाँके क्षेत्र नं २ ख बाट उठेका अक्कल बहादुर बमको समर्थनमा पार्टीले विशाल शक्ति प्रदर्शन गरेको छ ।

सेतु बि- क- चोकबाट सुरु गरेको र्याली धम्बोझी चोक, बि-पी- चोक, त्रिभुवन चोक, त्रिबेडी मोड, पुनः सेतु बि-क- चोक हुदै बसपार्कमा गएर कोण सभा गरिएको थियोे ।
प्रचारप्रसार गर्ने आज अन्तिम दिन माओवादी केन्द्रले शक्ति प्रदर्शन गरेको थियोे । सयौंको सङ्ख्यामा उत्साहजनक सहभागी रहेको थियौ ।
प्रदेश सभाका लागि बाँके क्षेत्र नं २ ख बाट प्रत्यक्ष तर्फ अक्कल बहादुर बम र समानुपातिक तर्फ कालिमिया कश्मिरा खातुन रहनु भएको छ । चुनाव नजिकिदै गर्दा बमको पक्षमा माहोल बन्दै गएको स्थानीयहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *