बाँके क्षेत्र नं २मा एमाले, कांग्रेस, रास्वपा   र नेकपाको कडा टक्कर

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा एमाले, कांग्रेस, नेकपा र रास्वपाबिच कडा टक्कर हुने निश्चित छ ।

बाँके क्षेत्र नं २ मा चुनावी मैदानमा होमिएका नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले २०७४ सालको नतिजा दोहोर्याने दाउमा छन् त्यसको लागि मुख्य आधार उनका व्यक्तिगत मत लगभग ८/१० हजार रहेको बताइन्छ त्यसैगरी  एमालेका सांगठनिक र सक्रिय मत उहाँलाई आउँदा जित हासिल गर्न सक्नेछन् । अहिले क्षेत्र नं २ का मुस्लिम मतदाता चुप छन् किनकि दुइजना मुस्लिम उम्मेदवार भएको हुदा धर्म संकटमा परेको नाम नबताउने शर्तमा एकजना मुस्लिम मतदाताले बताए । हामी अहिले चुपचाप छौं किनकि हामीलाई कसको पक्षमा बोल्ने भन्ने छ हामीले  गोप्य रुपमा मतदान गर्नेछौं । त्यो फागुन २१ पछि थाहा हुनेछ उनले बताए । यसभन्दा अगाडि मन्त्री हुदा यिनले गरेको विकासको चारैतिर चर्चा गरेको पाइन्छ ।

कांग्रेसका उम्मेदवार शुधांन्सु कोइराला सालिन व्यक्तिको रुपमा चिनिन्छन् उनी सबै पार्टीका व्यक्तिहरुसित उत्तिकै घुलमिल छन् यदि उनलाई कांग्रेसीहरुले अन्तर्घात गरेनन् भने उनी विजयी हासिल गर्न सक्ने स्थानीयले बताए । अहिले बजारमा उनलेे जित हासिल गर्ने चर्चा चलेको पाइन्छ । कोइरालालाई   हिन्दुहरुको मत आउने सम्भावना बढी छ, फेरि राप्रपाको केही मत  डा.धबल शमशेर राणालाई कांग्रेसले जिताएक‍ो गुन तिर्ने देखिन्छ स्थानीय बासिन्दाले बताए । यिनको पक्षमा हुनसक्ने अर्को पक्ष  नेपालगन्ज उपमहानगरपालिकामा  कांग्रेसको मेयर र डुडुवा पनि कांग्रेसको अध्यक्ष भएको हुदा यिनी पनि जितको सम्भावना बोकेका उम्मेदवार हुन् । यिनलाई सुशील कोइरालाकोसालिनता जस्तै भएको हुदा केही मुस्लिम मत समेत आउने स्थानीयले बताए । यिनले सुशील दाइको इतिहास फर्काउने दाउमा छन् ।

रास्वपाका बिबेक कुमार श्रेष्ठ बाँके क्षेत्र नं २ मा नयाँ चेहरा हुन् रास्वपा पार्टीको लहर भएको छ सबैले घण्टी घण्टी भनेर कतै घण्टीमै मत हालेभने यिनको भाग्य चम्कने सम्भावना छ, यिनी भित्री तहमा लागेको स्थानीयले बताए । जनता परिवर्तनको पक्षमा भएको र घण्टीको लहर भएको हुदा जित्न सक्ने अनुमान गरिएको छ । सांगठनिक हिसावले कमजोर भएपनि देशभरि रास्वपाको लहर चलेको र जेनजी आन्दोलनको भावना बुझेको भनेर जनताले मत गर्ने आश गर्ने स्थानीयले बताए ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दिपेन्द्र विष्ट जेनजी आन्दोलनमा समेत सक्रिय सहभागी भएका उम्मेदवार हुन् , यिनी व्यवसायी भएका, पहिला राष्ट्रिय खेलकुद परिषद् सदस्य हुदा पनि राम्रो काम गरेकोले यिनको पक्षमा जनताको मन जाने स्थानीयले बताए ।  विष्टले कुटनैतिक जानेका उम्मेदवारका रुपमा लिने गरिएको छ ।  यस क्षेत्रमा यिनले पनि प्रतिस्पर्धात्मक रुपमा आउन सक्ने देखिन्छन् । यिनको प्रचारप्रसार शैली निकै आक्रमणका रुपमा पाइएको स्थानीयले बताए । पार्टीको समावेशी, समानुपातिक, धर्म निरपेक्ष लगायतका एजेन्डाले गर्दा मत पाउनसक्ने बताइन्छ । यिनी पनि प्रतिस्पर्धामा रुपमा रहेको स्थानीयले बताएका छन् ।

लगभग १ लाख ४ हजार मतदाता भएको बाँके क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारमा १८ जना उम्मेदवार चुनावी मैदानमा भएपनि मुख्य प्रतिस्पर्धा यी चारजना उम्मेदवारबिच हुने यस क्षेत्रका मतदाताले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *