हरपल होलस्टिक होम केयरले मतदान केन्द्रमा  मतदाताहरुलाई निशुल्क स्वास्थ्य सेवा, मतदाताहरुमा खुसी

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह स्वास्थ्य/ खेलकुद



नेपालगन्ज : बाँके क्षेत्र नं २ ख को नेपालगन्ज उपमहानगरपालिका वडा नं १० वन विभागमा रहेको मतदान केन्द्रमा मत खसाल्न आउने मतदाताहरुलाई निशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था गरिएको थियो ।
नेपालगन्जमा कोभिड महामारीको समयदेखि घरघरमा स्वास्थ्य सेवा पुर्याउदै आएको हरपल होलस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टरले नेपालगन्ज उपमहानगरपालिका वडा नं १० वन विभागमा रहेको मतदान केन्द्रमा निशुल्क ब्लड प्रेसर, सुगर जाँच लगायतको स्वास्थ्य चेकजाँच निशुल्क गरेको थियोे ।
बाँकेका अन्य कुनैपनि मतदान केन्द्रमा उक्त सेवाको व्यवस्था गरेको देखिएन तर उक्त मतदान केन्द्रमा स्थानीय चुनावमा पनि स्वास्थ्य सेवा दिइएको उक्त संस्थाकी सचिव सुमन गिरी श्रेष्ठले बताउनुभयो । उहाँ आफै दिनभर खटिएर मतदाताहरुको स्वास्थ्य जाँच गर्नुभएको थियोे ।
दिनभर सयौंको संख्याले उक्त सेवा लिएको उहाँले बताउनुभयो । मतदाहरुले मत पनि खसाल्न आएको बेलामा स्वास्थ्य जाँच गराउन पाउँदा खुसी लागेको स्थानीय बलभद्र वलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *