नेपालगन्ज : “सेवा नै धर्म हो, स्वास्थ्य नै जीवन हो” भन्ने मुल उद्देश्यका साथ स्थापना गरिएको सामाजिक संस्था इको फाउन्डेसनद्वारा आज गरिब परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ मा स्थापना गरिएको संस्थाले अत्यन्तै गरिब २० घरधुरीका परिवारलाई चामल, तेल, तरकारी, दाल लगायतको रु १५०० बराबरको प्रति परिवार खाद्यान्न वितरण गरिएको उक्त संस्थाका अध्यक्ष करन शाहले बताए ।

संस्थाले समय समयमा निशुल्क स्वास्थ्य चेकजाँच, गरिब परिवारलाई राहात, जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ । उक्त खाद्यान्न वितरण कार्यक्रम स्थानीय निर्मल थापा र लीला थापाको बैकाहीक वर्ष गाठको अवसर पारेर उहाँका छोरा निलेश थापाले वितरण गरेका थिए भने खाद्यान्न निलेश ड्राइफुड काठमाडौंले सहयोग गरेको थियो ।
उक्त खाद्यान्न पाएकी रोशनी बाल्मिकी, ननकउ यादव, लखन कोरीले खुसी व्यक्त गर्दै कहिलेकाही घरमा भगवान नै प्रकट भएको जस्तो भएको प्रतिक्रिया दिए।
