बाँके – नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधांन्सु कोइराला अत्याधिक मतसहित विजयी हुने आकलन गर्न थालिएको छ। उनलाई जनताको सुखदुःखका सारथि युवा नेताका रुपमा चिन्ने गरिएको छ । उनी चुनाव केन्द्रीकृत भएर बिहानैदेखि जनताको घरदैलोमा पुग्ने गरेका छन् ।
लोकतन्त्र, राष्ट्रियता र समाजवादको मूल्यमान्यतालाई आत्मसात र जेनजीहरुको भावनालाई कदर गर्दै चुनावी मैदानमा उत्रनुभएका कोइरालाले प्रतिस्पर्धी उम्मेदवारहरूलाई ठूलो मतान्तरले पराजित गर्दै स्पष्ट जित हासिल गर्ने बाँके क्षेत्र नं २ का मतदाताले बताएका छन् । उनको बजार क्षेत्रमा मात्रै नभएर डुडुवा गाउँपालिकामा पनि चर्चा चलेको बताइन्छ ।

भदौ ६ गते उम्मेदवार दर्ता गरेपछि कोइराला आन्तरिक तथा बाह्य रणनीतिमा व्यस्त रहेका छन् यसपालि बाँके क्षेत्र नं २ मा कांग्रेसले आफ्नो पुरानो बिरासत जोगाउने दाउमा उनी रहेका छन् । मतदाताहरुको प्रश्नको जवाफमा उनले जित हासिल गरेपछि जनताको विश्वास र अपेक्षालाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाली कांग्रेसले यसपटक जेनजीहरुको मागलाई सम्बोधन गर्नेगरी उम्मेदवार उठाएको कोइरालाले बताए । उनले कांग्रेसले बाँके २ मा अत्यधिक मत सहित विजयी हासिल गर्ने बताएका छन् ।
