छाना, नाना र खाना नभएका बेसहारालाई लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले गर्यो खाद्यान्न सहयोग

अर्थ / बाणिज्य जीवनशैली स्थानीय तह स्वास्थ्य/ खेलकुद


नेपालगन्ज : सामाजिक क्षेत्रमा अग्रसर  रहेको लायन्स क्लब  अफ नेपालगन्ज एभरेस्टले कहिले स्वास्थ्य शिविर, कहिले विद्यार्थीलाई छात्रवृत्ति, कहिले बृक्षारोपण त कहिले खाद्यान्न लगायतका कार्यहरु गर्दै आइरहेको अवस्थामा आज नेपालगन्ज नयाँ सञ्चालनमा आएको मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेको छ ।

नेपालगन्जको सुर्खेत रोडमा रहेको मानव सेवा आश्राम मा हाल १४ जना बेसहारा व्यक्तिहरु बस्दै आइरहेका छन् । वि-स- २०८२ सम्ममा नेपालमा सडकमा बेसहारा मानव मुक्त घोषणा गर्ने उद्देश्यले नेपालका प्रत्येक प्रदेशमा मानव सेवा आश्राम स्थापना गरिएको छ ।

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले जेठ महिनामा क्लबका सदस्यहरुको जन्मदिन परेका सदस्यहरुबाट केही रकम संकलन गरि उक्त ठाउँमा खाद्यान्न वितरण गरिएको क्लबकि अध्यक्ष ला- सुमन गिरी श्रेष्ठले बताउनुभयो । नेपालगन्जमा भर्खर स्थापना भएको मानव सेवा आश्राममा खाद्यान्न सहयोग गर्ने पहिलो क्लब एभरेस्ट क्लब भएकोमा खुसी व्यक्त गर्दै लायन लिडर मुकुट ढकालले क्लबलाई धन्यवाद दिनु भएको थियो।


क्लबका सदस्यहरु लायन सुमन गिरी श्रेष्ठ , दीर्घ राज आचार्य, एङ्गिरा रेग्मी घिमिरे , कृष्ण बहादुर बुढा, श्रृष्टी श्रेष्ठको जन्मदिन यहीँ जेठ महिनामा परेको छ । उहाँहरुलाई क्लबले प्रमाणपत्र दिएको क्लब कि सचिव ला- खेमा भण्डारीले बताउनुभयो । कार्यक्रममा लायन लिडरहरु मुकुट ढकाल, कृष्ण प्रसाद श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष सुदिप शर्मा, पूर्व अध्यक्ष केपी घिमिरे, क्लबका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियोे ।


उक्त खाद्यान्न सहयोग कार्यक्रममा उक्त आश्राममा अाश्रय लिइरहेका व्यक्तिहरुको स्वास्थ्य चेकजाँच समेत गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *