नेपालगन्ज : स्वतन्त्र पत्रकार संघ बाँकेका अध्यक्ष तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह स्वतन्त्र पत्रकार संघको १० औं साधारणसभामा सम्मानित भएका छन् ।

स्वतन्त्र पत्रकार संघ नेपालकाे १० औं साधारण सभा तथा चाैथाे राष्ट्रिय महाधिवेशनकाे अवसरमा नवलपुर जिल्लाकाे गैडाकाेटमा आयोजित विशेष समाराेहमा गाेर्खापत्रवाजे स्मृति पत्रकारिता पुरस्कार-२०७७ बाट शाहलाई सम्मानित गरिएको छ ।
शाह लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेका छन् ।