हाम्रो जिवनको अत्यबस्यक चिज हो आगो । हाम्रो दैनिकी नै आगो संग निकै ठूलो सम्बन्ध राख्दछ । खान पकाउन, आगो ताप्न, प्रकाश तथा विभिन्न कल कारखानामा विभिन्न बस्तुहरु उत्पादन आदिमा आगो नभै नहुने चिज हो ।
अत्यावस्यक हुँदा हुँदै पनी आगोले निम्ट्याउने विभिन्न दुर्घटना तथा विनाश हाम्रो जिवनमा निकै खतराको रुपमा आइ रहेको हुन्छ । खासगरी गर्मी सँगै आगलागी तथा विभिन्न डरलाग्दा लाखौं करोडौं नोक्सानी तथा मानवीय क्षति तथा थुप्रै आगोका कारण बिनासका धेरै समाचारहरु सुन्न देख्न पाइन्छ ।
हाम्रो देशमा आगोको बिषयमा होस् या अग्नी जोखिम न्यूनीकरण होस् बहस हुन समेत आगलागी तथा दुर्घटना कुरेर बसेको जस्तो देखिन्छ । नगर, प्रदेश र संघीय सरकार अग्नी जोखिम न्यूनीकरण कार्यक्रम यसको लागि आवस्यक पर्ने कानुनहरु निर्माण गर्न खासै कुनै तत्परता नदेखाउनु नै अग्नी जोखिममा सरकार उदासीन रहेको भन्ने सजिलै बुझ्न सकिन्छ ।

बढ्दो शहरीकरण गगन चुम्बी भवनहरु र ठुला ठुला औधोगिक कारखानाहरुमा विभिन्न समयमा आगलागी भै ठूलो जनधनको क्षती हुँदै आएको छ यसै बिषयलाइ लिएर हामिले पनि आगोको वारेमा जानकारी प्राप्त गर्नु पर्यो आफै सचेत भै अग्नी जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ ? आगो लागीहाल्यो भने कसरी निभाउने कसरी सम्भवित जोखिम कम गर्ने भन्ने कुराहरु यहाँ राख्न चाहन्छु ।
आगो के हो ?
इन्धन ताप र अक्सिजनको रासायनिक प्रतिकृयाबाट हुने रियाक्सन आगो हो । जस्ले ताप, प्रकाश तथा कार्वन उत्पन्न गर्दछ । सजिलो भाषामा बुझ्नका लागी आगो इन्धन(ज्वलन्शिल बस्तु जस्तै दाउरा-पात, पेट्रोल डिजल लत्ता कपडा, कोइला आदि) ताप भन्नले उक्त इन्धनलाइ तातो बानाउन आबस्यक तापक्रम र अक्सिजन भन्नले हावामा पाउने अक्सिजन को समिस्रणनै आगो हो । आगो लाग्न इन्धन, ताप र अक्सिजन अनिवार्य आवस्यक हुन्छ ।
आगो कसरी लाग्छ ?
एकैपटक इन्धन, ताप र अक्सिजनको समिस्रण हुनु नै आगो लाग्नु हो । आगो मानवीय तथा प्राकृतिक दुबै कारणले लाग्न सक्छ । मानवीय कारण भन्नाले हाम्रो दैनिक जिवनमा पकाउने खाना पकाउन बाल्ने हिटर, ग्यास, दाउरा, कोइला आदिमा लाग्ने आगो तथा औद्योगिक क्रियाकलापमा आवस्यकता अनुसारको इन्धन प्रयोग गरि आगो लाग्ने गर्दछ । प्राकृतिक कारण भनेको पहिरो, आधिबेरी, भुकम्प, ज्वालमुखी, चट्याङ, अत्यधिक गर्मी, सुख्खा आदि कारण हुन ।
आगोको जोखिमवाट कसरी बच्ने र निभाउने ? कसरी निजी र सरकारी स्तरमा जोखिम कम गर्ने ?
हाम्रो दैनिकिमा आगो नभै नहुने हुनाले आगोको प्रयोग मुक्त हामी रहन सक्दैनौ तर आगोवाट हुने सम्भावित जोखिम न्यूनीकरण भनने पक्कै गर्न सक्छौं यसका लागि निम्न कार्यहरु निजि स्तर वाट गर्न सकिन्छ ।
१) अनावश्यक आगो नबाल्ने । आगो बाल्दा के कति समय बाल्नेहो त्यति मात्र इन्धन अलग गरी बाँकी बचेको इन्धन टाढा राख्ने इन्धनलाइ तातो हुन नदिने ।
२) आगो बाल्दा हावालाग्ने ठाउँमा तथा बाल्नै परे हावा लाग्ने समयमा नबाल्ने । सानो साना झिल्काहरु चुरोटको ठुटा तथा सलाइ, लाइटर,कोइला, ज्वोलन्शिल रशायणहरु आदि जथाभावी नफाल्ने ।
३) आगो बालिसकेपछी पटक पटक निरिक्षण गर्ने आवस्यक भन्दा ठूलो लागेको भए तुरुन्त इन्धनको मात्रा कम गर्ने ।
४) कुनैपनी पनि ठाउँमा अनियन्त्रित आगो लाग्दैछ भने या आगो बढेको देखियो भने सबै भन्दा पहिले आफ्नो सुरक्षा गर्ने र आगो निभाउन निम्न प्रयत्नहरु गर्ने ।
क) सबै भन्दा पहिले आगो कुन इन्धनमा लागेको छ त्यसलाइ नियाल्ने र उक्त इन्धन नजलेको अवस्थामा छ भने या जल्दै छ भने आगोको लिप्को देखि २-३ मिटर टाढा राख्ने यदि एक्लै नियन्त्रण गर्न नसकिने भए fire alarm फोड्ने, दमकल तथा प्रहरिलाइ खबर गर्ने मानविय क्षती कम गर्ने उचित उपायहरु अवलम्बन गर्ने ।
ख) आगो निभाउनका लागी इन्धन ताप र अक्सिजनको मात्रा कुन कम गराउन सकिन्छ त्यो सबै भन्दा पहिले पहिचान गर्ने जस्तै कुनै कोठामा आगो लागेको छ भने झ्याल ढोका बन्द गर्ने र अक्सिजन प्रवाह कम गर्ने तर यस्तो गर्दा आफुलाइ आबस्यक पर्ने अक्सिजनको ख्याल गर्ने ।
ग) हाम्रो यहाँ आगो निभाउन पानी हाल्ने चलन छ । पानी हाल्नु पुर्व बिजुलीवाट लागेको भए पानी हाल्दा करेन्ट लाग्ने जोखिम हुन्छ बिजुलीमा लागेको आगो निभाउन सबैभन्दा पहिले बिजुलीको सप्लाइ बन्द गर्नु पर्छ र लागेको आगोमा ताप तथा अक्सिजन कसरी कम गर्न सकिन्छ त्यस तर्फ ध्यान दिनु पर्छ यस्तो अवस्थामा स्थानिय स्तरमा हुने माटो तथा बालुवा प्रयोग गर्न उपयुक्त हुन्छ भने छिटो नियन्त्रण गर्नका लागि foam, CO2, abc powder र wet chemical भएको fire extinguishter हरुको प्रयोग गर्नु पर्छ । आवस्यकतामा पानीको प्रयोग बिजुली सप्लाइ बन्द भएको सुनिश्चित गरेर मात्र गर्न सकिन्छ ।
घ) डिजल, पेट्रोल, मट्टीतेल, ग्यास जस्ता बस्तुमा आगो लागेमा पानी प्रयोग गर्नु हुदैन यस्तो अबस्थामा इन्धनको सप्लाइ छ भने सबैभन्दा पहिले बन्द गर्नु पर्छ र foam, CO2, abc powder, and wet chemical जस्ता Fire fireextinguishter प्रयोग गर्नु पर्छ यदि fire extinguishter नभएमा माटो बालुवा आदि प्रयोग गर्नु पर्छ । आवस्यकतामा पानीको प्रयोग डिजल पेट्रोल मट्टीतेल ग्यास जस्ता बस्तु सप्लाइ बन्द भएको सुनिश्चित गरेर मात्र गर्न सकिन्छ ।
ङ) कागज, दाउरा, पात, कोइला आदिमा लागेको आगो निभाउन सबैखाले fire extinguister प्रयोग गर्न सकिन्छ साथै पानी, बालुवा र माटो समेत प्रभावकारी हुन्छ ।
सरकारी स्तरवाट जोखिम न्यूनीकरण गर्न निम्न कार्यहरु गर्न सकिन्छ ।
१) घर, उद्योग तथा व्यावसायिक भवन निर्माण गर्दा नक्सा अनिवार्य गरि आवस्यकता अनुसार अग्नि सुरक्षा (Fire Assembly Point, Smoking Zone, Smoke Detector, Fire Alarm, Sprinkle, Hose Reel , Hydrain, extinguister Point आदि) मापदण्डको अनिवार्य पालना गर्ने नियम कानुन निर्माण गर्ने र त्यसलाइ पालना गर्ने गराउने ।
२) घर, उद्योग तथा व्यावसायिक भवन निर्माण गर्दा नक्सामा बहु तले भवन निर्माण गर्दा नजिकमा रहेको अग्नि बारुण यन्त्रले कति उचाई सम्म नियन्त्रण गर्न सकिन्छ त्यत्ती उचाइ सम्म मात्र निर्माण गर्न दिने ।
३) फोहोर तथा ज्वलन्शिल बस्तुहरु अनावश्यक बढी सन्कलन तथा जम्मा गर्न रोक लगाउने ।
४) अग्नि नियन्त्रण तथा सुरक्षाका बारेमा बिध्यालय स्तर बाटनै विशेष कोर्स सन्चालन गर्ने ।
५) सम्पुर्ण नागरिकलाइ अग्नि नियन्त्रण तथा सुरक्षा तालिम प्रदान गर्ने ।
६) २४ घण्टा नै अग्नि निरन्त्रण यन्त्र तथा नियन्त्रक तयारी अवस्थामा राख्ने र बेला बेलामा ती मेशिनहरु र नियन्त्रक हरुको जाँच तथा अभ्यासलाई निरंतरता दिने ।
७) संभावित मानविय तथा आर्थिक जोखिम नोक्सानिको लागि अनिवार्य विमाको ब्यबस्था गर्ने( हालको जस्तो विमा नभै वास्तविक आर्थिक जोखिम हस्तान्तरण हुने खालको तथा सहुलियत दरमा )।
अन्तमा आगोवाट ज्यान गुमाउने अग्नि नियन्त्रक र सर्ब साधारण सम्पुर्णमा हार्दिक श्रद्दान्जली अर्पण गर्दै नेपालमा छुट्टै अग्नी दिवसको घोसणा गरि अग्नी सुरक्षा तथा ज्ञानको कार्यथालनिको माग गर्दछु ।
लेखक : घरेल तथा साना उद्योग महासंघ बाँकेका महासचिव हुनुहुन्छ ।
