नेपालगन्ज मेडिकल कलेज कोहलपुरका पुर्व अस्पताल निर्देशक चौधरीको निधन

स्वास्थ्य/ खेलकुद

नेपालगन्ज – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका पूर्व अस्पताल निर्देशक डा. श्रवणकुमार चौधरीको निधन भएको छ। डा. चौधरीको बुधबार राती उपचारका क्रममा निधन भएको हो। डा चौधरी पूर्व स्वास्थ्य सचिव डा. पुष्पा चौधरीका श्रीमान हुन्। चौधरीले उक्त अस्पतालमा लामो समयसम्म अस्पताल निर्दशकका रुपमा काम गरेका थिए ।

यसैबीच अस्पतालका पूर्व निर्देशक चौधरीको निधनप्रति लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेजले दु:ख व्यक्त गरेको छ। अस्पतालका प्रवन्धक सञ्चालक डा. सुरेश कुमार कानोडियाले चौधरीको निधनप्रति दु:ख व्यक्त गरेका छन्।

‘वरिष्ठ चिकित्सक डा. श्रवण कुमार चौधरी एक कुशल स्वास्थ्य सेवा व्यवस्थापक एवं नेतृत्वकर्ता मृदुभाषी तथा मिलनसार व्यक्ति रहेको अस्पतालले जनाएको छ ।डा. चौधरी वीर अस्पतालका समेत पुर्व निर्देशक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *