बर्दियाको बढैया ताल गाउँपालिकामा नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठीको शानदार जीत

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह



बर्दिया : २०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेका उम्मेदवार लाल बहादुर श्रेष्ठले सानदार जीत हासिल गरे जस्तै यसपालिको चुनावमा नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठीको शानदार जीत हासिल गरेका छन् ।
गाउँपालिमा प्रमुखमा पार्टीको सांगठनिक मत भन्दा पनि व्यक्तिगत छबिका कारण जित हासिल गरेको स्थानीयहरुको भनाइ रहेको छ । उहाँ सामाजिक काममा मात्र नभएर बढैयाताल बासीहरुको दु:खसुखको सारथि हुनुहुन्छ यहाँ पार्टी हेरेर भोट दिइएन उहाँको व्यक्तित्व हेरेर भोट दिइएको उनीहरुको भनाइ रहेको छ ।
गाउँपालिका उप प्रमुखमा भने एमाले कै लक्ष्मी अधिकारी निवार्चित भएकी छिन् ।
त्रिपाठीले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका  लाल बाहदुर श्रेष्ठ र नेपाली कांग्रेसमा भगत बहादुर नेपालीलाइ पराजित गरेका हुन् । यस्तै लक्ष्मीले नेपाली कांग्रेस कै पवित्रा अर्याल र नेकपा माओवादी केन्द्रकी लक्ष्मी गुरुङलाई पराजित गरेको मतणनामा खटिएका एक कर्मचारीले जानकारी दिए ।

त्रिपाठीले उनका निकटतम प्रतिद्वन्दी लाल बहादुर श्रेष्ठलाई १०५९को फराकिलो  मतले पराजित गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *