मतदाताहरुको मन जित्दै बाँके क्षेत्र नं २ ख का स्वतन्त्र उम्मेदवार  डाक्टर कर्ण

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : आफ्नो चिकित्सक पेशालाई थाती राख्दै  राजनीति क्षेत्रमा होमिएका डा- विनोद कर्णले पछिल्लो समयमा मतदाताहरुको मन जित्नु भएको छ ।

डा-कर्ण कुनै रहरले वा लोभले यो राजनीतिमा नआएको बताउनु हुन्छ उहाँले  एउटा  शहर र त्यो शहरमा बस्ने  नागरिक  त्यसमा पनि युवाहरुको लागि आधारभुत कुरा  पनि नभइ रहेको अवस्थामा बाध्यताले उहाँ ती सबै कुरा पुरा  गर्न र गराउन  उहाँ  आफ्नो भन्दा पृथक बाटोमा आउन  बाध्य  भएको कुरा बताउनुभयो ।

उहाँका अनुसार आफुले  मासिक लाखौं रुपैयाँ कमाएर यश आरामले आफ्नो जिन्दगी जिउन  सक्ने बताउदै  देशको फोहरी राजनीति र नेताहरुले गरेको भ्रष्टाचार, खालि कुरामात्र काम नगर्ने प्रवृत्ति देखेर युवा नेतृत्व  आएर यसलाई सही मार्गमा लैजानका लागि आफू बाँकेको प्रदेश नं २ ख बाट स्वतन्त्र पदको उम्मेदवार दिएको बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका वडा नम्बर १ देखि १२ र १४ र १५ मा प्रत्येक दिन तालिका बनाएर उहाँ मतदाहरुको घरदैलोमा पुगेको बताउनुभयो । राजनीतिक दलहरुबाट वाक्क दिक्क भएका मतदाहरुले स्वतन्त्र उम्मेदवारको खोजी गरिएको प्रतिक्रिया दिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *