नेकपा एकीकृत समाजवादी पार्टीको एम सि सि विरुद्ध बाँकेमा विरोध प्रदर्शन

लुम्बिनी प्रदेश बिशेष


नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीले आज बाँकेमा एस सि सि विरुद्ध नारा जुलुस सहित विरोध प्रदर्शन गरेको छ ।
स्थानीय धम्बोझी चोकमा जम्मा भएका एकीकृत पार्टीका संगठनहरु युवा, विद्यार्थी लगायतका मोर्चाको उपस्थितिमा विरोध र्यालि निकालिएको थियोे । विरोधमा “एम सि सि चाहिदैन देश बेच्न पाइदैन” लगायतका चर्का नारावाजी लगाइएको थियोे ।

उक्त र्याली धम्बोझी चोकबाट सुरु भएर पुष्पलाल चोकमा पुगेर कोण सभामा परिणत भएको थियोे । कोणसभालाई एकीकृत समाजवादी पार्टीका नेता अशोक कोइराला, युवा नेता किशोर थापा लगायतले सम्बोधन गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *