नेकपा माओवादी केन्द्रले गर्यो बैश्यलाई कारबाही

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालगञ्ज उपमहानगरपालिका कमिटीका सह सचिव रहेका नन्दलाल बैश्यलाई नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले कारबाही गरेकाे जानकारी दिएकाे छ।
नगर कमिटीले बैश्य पार्टीको विचार सिद्धान्त र कार्यक्रमका विरुद्ध   अराजक ढंगले प्रस्तुत भई आसन्न स्थानिय तहको निर्वाचनलाई मध्यनजर गरेर आफनो निहित स्वार्थ पुरा हुन नसके पछि अत्यन्तै अराजनैतिक रुपमा अन्य विपरीत राजनितिक पार्टीसंग षणयन्त्रमुलक साँठगाँठ गरेकोले पार्टी विधानको धारा ५६ को उपधारा १ वमोमिजिम कारबाही गरिएको नेपालगन्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष रतन बहादुर शाहीले जानकारी दिनुभयो ।

बैश्य यहाँभन्दा अगाडि पनि आफनो निहित स्वार्थ पुरा गर्ने बिभिन्न पार्टी फेरबदल गर्दै आइरहेको उहाँले बताउनुभयो । माओवादी केन्द्रमा पनि आएको ४ वर्षमा नै उहाँ अन्यत्र पार्टीमा जानुभयो त्यहापनि उहाँ लामो समयसम्म बस्न नसक्ने शाहीको भनाइ रहेको छ । यसरी आफ्नो व्यक्तिगत स्वार्थमा हिड्ने व्यक्तिहरु लामो समय पार्टीमा टिक्न नसक्ने र पार्टीको सिद्धान्त, निष्ठा केही नबुझ्ने उहाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *