क्रिएटिभ चिल्ड्रेन होमद्वारा नेपालगन्जमा मन्टेक्ष्वरी विधि प्रदर्शनी

नेपालगंज बिशेष शिक्षा



नेपालगन्ज : नेपालगन्जमा सञ्चालन रहेको क्रिएटिभ चिल्ड्रेन होमले नेपालगन्जमा मन्टेक्ष्वरी विधि प्रदर्शनी गरेको छ ।


आफ्नो चिल्ड्रेन होममा अध्ययनरत विद्यार्थीहरुद्वारा बनाइएका विभिन्न चित्रकला, हस्तकला, भेषभुषा, विभिन्न जातजातिका रहनसहन भेषभुषा लगायतको ज्ञान उक्त प्रदर्शनीबाट सजिलै सिक्न र अनुभव गर्न सकिन्थ्यो ।


आफ्नो विद्यालयको हाताभित्र बालबालिकाद्वारा बनाइएका ती चित्रकला र हस्तकलाले सबैलाई सजिलै लोभ्याउथ्यो । उक्त प्रदर्शनी अवलोकन गर्न मन्टेक्ष्वरी नेपाल बाँकेका पदाधिकारीहरु, स्थानीय व्यक्ति, अभिभावक, पत्रकारहरुले गरेको विद्यालयकी प्रिन्सिपल खिमा थापाले बताउनुभयो । उक्त प्रदर्शनी हिजो एकदिनक‍ो मात्र रहेको थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *