दाङका शिक्षक बासु अधिकारीको ‘हामी शिक्षक’ गीत सार्वजनिक भएको छ । बासु अधिकारी र सुनिता बुढा क्षेत्रीद्वारा स्वरबद्द गरिएको उक्त गीतको शब्द र लय गायक अधिकारीको रहेको छ । यो गीतलाई अधिकारीले ‘बासु सर’ नामक आफ्नै युटुब च्यानलबाट सार्वजनिक गर्नु भएको हो ।
यो गीतले शिक्षालाई सम्मान गरौँ, शिक्षकहरूको हक र अधिकारको सम्मान गरौँ भन्ने मूल भाव बोकेको छ । शिक्षाको महत्त्व, शिक्षकहरूको संघर्ष, त्याग, र उनीहरूको भूमिकालाई उजागर गरेको छ । यस गीतले शिक्षकमाथि गरिएको अन्यायको विरुद्ध आवाज उठाउनका साथै उनीहरूको सम्मानको पक्षमा उभिन प्रेरित गरेको छ ।

नेपालमा शिक्षकको वास्तविक जिवन यथार्थ र वास्तविक घटनामा आधारित गीत हो । यस गीतमा शिक्षकहरूको आन्दोलन, विद्यार्थीहरूसँगको सम्बन्ध, शिक्षाले समाजमा ल्याउने सकारात्मक परिवर्तन, र शिक्षकहरूको मेहनतलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । यस गीतका लेखक, गायक तथा गीतको लय निर्माण गर्ने बासु अधिकारी स्वयम् शिक्षक हुनुहुन्छ । साविक तिराम गाविस हाल माण्डवी गाउँपालिका १ मा जन्मिनुभयका उहाँ अहिले दाङ, लमही नगरपालिका-६ स्थित रहेको आदर्श नमूना माध्यामिक विद्यालय देउपुरका माध्यामिक तहका अंग्रेजी विषयका स्थायी शिक्षक हुनुहुन्छ । भिडियो माण्डवी गाउँपालिका प्यूठान, गणेश माध्यमिक विद्यालय तिराम प्यूठान लगायत ठाउँमा छायाङ्कन गरिएको थियो ।
