डाक्टरी पेशा हुदै राजनीतिमा  किन लागे डा- कर्ण  ? यस्तो छ रहस्य

लुम्बिनी प्रदेश बिशेष



नेपालगन्ज : आफ्नो चिकित्सक पेशालाई नियमितता दिदै राजनीति क्षेत्रमा होमिएका डा- विनोद कर्णको राजनीतिमा लाग्नुपर्ने कारण यस्तो रहेको छ ।
डा-कर्ण कुनै रहरले वा लोभले यो राजनीतिमा नआएको बताउनु हुन्छ उहाँले  एउटा  शहर र त्यो शहरमा बस्ने  नागरिक  त्यसमा पनि युवाहरुको लागि आधारभुत कुरा  पनि नभइ रहेको अवस्थामा बाध्यताले उहाँ ती सबै कुरा पुरा  गर्न र गराउन  उहाँ  आफ्नो भन्दा पृथक बाटोमा आउन  बाध्य  भएको कुरा बताउनुभयो ।
उहाँले मासिक लाखौं रुपैयाँ कमाएर यश आरामले आफ्नो जिन्दगी जिउन  सक्नु हुन्छ तर उहाँले देशको फोहरी राजनीति र नेताहरुले गरेको भ्रष्टाचार, खालि कुरामात्र काम नगर्ने प्रवृत्ति देखेर युवा नेतृत्व  आएर यसलाई सही मार्गमा लैजानका लागि आफू बाँकेको प्रदेश नं २ ख को उम्मेदवार दिएको बताउनुभयो । उहाँका अनुसार:
पुर्वाधार तथा दिगो विकासका लागि
# प्राकृतिक तथा पुरातात्त्विक महत्त्वका संरचनाहरु जस्तैः  ताल , तलैया , पोखरी ,नदीनाला , मठ -मन्दिर , सिमसार क्षेत्रहरू जस्ताको त्यस्तै संरक्षण गर्ने ,
# पुराना तथा अब बन्ने हरेक नया पुर्वाधारलाइ अनिवार्य अपांग तथा बालबालिका मैत्री बनाउने ,
नेपालगन्जको डुबान समस्याको दिगो निकासको लागी पुर्व तथा पश्चिममा अलग अलग निकास ( Bilateral drainage ) लाइ Y – shape प्रणालीमा लैजान सहकार्य गर्ने ,
# समय सापेक्ष चाहिने हरेक पुर्वाधार निर्माणलाइ पहिलो प्राथमिकता राखेर काम गर्ने ,
स्वास्थ्य ( सर्वसुलभ तथा परिमार्जित )
* प्रदेश स्तरको ” नाफा रहित ” सुबिधासम्पन्न  “ट्रमा सेन्टर ” स्थापना पहिलो प्राथमिकता ,
* दीर्घ रोगी ( मधुमेह , उच्च- रक्तचाप , थाइराइडको समस्या) तथा जेष्ठ नागरिक लक्षित जगिङ र ब्यायाम  सहितको वातावरण मैत्री पार्क ( प्रवेश नि:शुल्क ),
* जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण सुलभ तथा नि:शुल्क को लागी स्थानिय निकायलाई सहयोग तथा सहकार्य ,
पर्यटन तथा सस्कृति
* ” राप्ती पर्यटन ” :- मनोरञ्जन तथा  सु- संस्कृत गाउँ ( cultural village ) को लागी !!
* नेपालगन्ज को आन्तरिक पर्यटनमा एतिहासिक शहर नेपालगन्ज को पहिचान ” टाँगा ” लाइ सुविधाजनक रूपमा परिमार्जित गरेर अनिवार्य  प्रयोग !!
* नेपालगन्ज शहरको परिचय बोकेको बहुमुल्य संस्कृति हरु जस्तै अवधि , थारु , मुश्लिम, बैश्य , नेवा: इत्यादी  लगायत  सम्पुर्ण संस्कृतिहरुको पहिचान र जगेर्ना को लागी वातावरणमैत्री हरित  म्युजियम :
शिक्षा( परिमार्जित तथा गुणस्तरीय )
# सामुदायिक बिद्यालयका पुर्वाधार , गुणस्तर तथा वातावरण परिमार्जित गर्ने,
# कक्षा १-८ सम्मको पाठ्यक्रममा समय सापेक्ष आमुल परिवर्तन :
  नैतिक / सामाजिक शिक्षा
योग शिक्षा
आयुर्वेद शिक्षा
इतिहास / भूगोल
  स्वास्थ्य तथा प्राथमिक उपचार
  ट्राफिक नियम शिक्षा
* स्थानिय (अवधि ) भाषामा पाठ्यक्रम अनिवार्य
*सामुदायिक बिद्यालय मा  प्राविधिक शिक्षा ( प्लम्बर, कार्पेन्टर,वेल्डर,अमिनि,इलेक्ट्रिसियन  … इत्यादि ) समावेश गरिने
सामुदायिक बिद्यालयका कक्षा कोठा हरु multimedia friendly , lesson plan अनिवार्य 
* नाथम (NATHM ) कलेज ( पर्यटन  तथा होटेल ब्यवस्थापन को पढाइको सरकारी कलेज) को पढाई यथासिग्रह सुरु गरिने ,
नशा (लागु पदार्थ) मुक्त बाके :
युवा बचाउ , युवा जोगाउ हाम्रो अभियान
# स्कुल /कलेज स्तरमा जनचेतना मूलक पाठ्य सामाग्री सहितको अनिवार्य  पाठ्यक्रम
#घर घरमा अभिभावकहरु लाइ अनिवार्य जनचेतना
# दक्ष councellor सहितको  नि:शुल्क परामर्श केन्द्रहरु
# नि:शुल्क पुनर्स्थापना केन्द्रहरु सहित निजि केन्द्रहरुको कडा तथा   नियमित अनुगमन आदि उहाँको प्रतिबद्धता रहेको बताउनुभयो । मंसिर ४ गते हुने प्रदेश सभाको चुनाबमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनु भएको डा- कर्णले चुनाव चिन्ह बिजुलीको चिम (बल्व)मा मतदान गरि विजय गराउनका लागि अपील गर्नुभएको छ ।

विविध :
# नि:शुल्क पशु ,मानव तथा पुर्वाधार  एम्बुलेन्स ,
# मानसिक रोगी तथा लागु पदार्थ दुर्ब्यसनीको उद्धारका लागी  टोल फ्री न.
# Autism स्कुल स्थापना पहल सहयोग र सहकार्य
# पुर्वाधार र जनशक्ति पर्याप्त रहेको   नेपालगन्जमा ” मिर्गौला प्रत्यारोपण को संभावना बारे बिस्तृत अध्यन तथा  छलफल ।


                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *