नेपालगन्ज – बाँके जिल्ला कबड्डि संघको अध्यक्षमा जनार्दन खत्री (जनक) चयन भएका छन् ।
नेपालगन्जमा आज भएको कबड्डि सम्बद्धहरुको भेलाले बाँकेमा जनार्दन खत्री (जनक)को अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति संघ गठन गरेको हो ।


त्यस्तै भेलाले संघको उपाध्यक्षमा नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहना, सचिवमा विज्ञान शाह, सहसचिवमा ज्ञानेश्वर शर्मा र कोषाध्यक्षमा शर्मिला थापा चयन भएका छन् ।त्यस्तै सदस्यहरुमा दिल बिश्वकर्मा, गिता गोदार, अम्मर केसी, रमेश दियाली रहेका छन् ।
अखिल नेपाल कबड्डि संघ केन्द्रीय अध्यक्ष तुल्सी थापाको भिडियो कन्फ्रेन्स जुम मार्फत भएको विशेष उपस्थितिमा जिल्ला कबड्डि संघ गठन गरिएको नव नियुक्त अध्यक्ष खत्रीले बताउनुभयो ।
नयाँ कार्यसमितिले आज नै पहिलो बैठकबाट कबड्डि खेल संचालनका लागि स्थानिय रेफ्री तालिम संचालन गर्ने निर्णय गरेको अध्यक्ष खत्रीले जानकारी दिनु भयो ।
