कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको वित्तीय परिसूचक सकारात्मक



नेपालगञ्ज- कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो वित्तीय सूचकांकमा उल्लेखनीय प्रगति गर्दै नयाँ सफलताहरु हासिल गर्दै आईरहेको छ । यो प्रगति यस विकास बैंकका निक्षेपकर्ताहरु, ग्राहकवर्ग, लगानीकर्ताहरु र हितेषीहरुको निरन्तर विश्वास र सहयोगको परिणाम हो ।
नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम् प्राथमिक पुंजीकोष अनुपात क्रमशः ५२.५९ प्रतिशत  देखि २५.८७ प्रतिशत ऋणात्मकमा झारेको छ । जस अनुसार प्राथमिक पुंजीकोष अनुपातमा ५०.७१ प्रतिशत हासिल समेत गरिसकेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/०८० देखि २०८०/८१ मा बैंकको निष्कृय कर्जा क्रमश, ५९.३९ प्रतिशतबाट ४०.८५ प्रतिशतमा घटाएको छ । जुन ३१.२२ प्रतिशतले हासिल गरेको हो । २०८१ को असोज मसान्त सम्ममा बैंकले निष्कृय कर्जालाई २९.४९ प्रतिशत समेत कायम राख्न सफल भएको छ ।
कर्जा, निक्षेप अनुपात(CD Ratio) आर्थिक वर्ष २०७९/०८० मा ६६.१३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा ५५.०२ प्रतिशत मात्र रहेको छ । तरल सम्पति/कुल निक्षेप अनुपात आर्थिक वर्ष २०७९/०८० मा ३३.०१ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०८०/०८१ मा ३९.१० प्रतिशत कायम राखेको छ । जसले तरलता व्यवस्थापनमा कर्णाली डेभलपमेण्ट बैंक लि. को सक्रियताका साथै निक्षेपकर्ताहरुका रकमहरुको सुरक्षामा उच्च प्राथमिकता रहेको कुरा दर्साउदछ ।
सबै ग्राहकवर्ग, शेयरधनी सहयोगीहरुले यस प्रगतिमा महत्वपूर्ण भुमिका निर्वाह गरेको देखिन्छ । यस बैंकको वित्तीय परिसूचकहरु विगतका दिन भन्दा सुधारात्मक रहेको हुँदा अगामी दिनहरुमा विशेष योजना सहित अझ उत्कृष्ट प्रतिफल दिने नवप्रवर्तन गर्दै अगाडी बढ़ने संकल्प लिएका कर्णाली विकास बैंक लि. को नयाँ व्यवस्थापन टोलिले नेपाल राष्ट्र बैंक समक्ष कार्ययोजना सहितको लिखित प्रतिबद्धता समेत दिने जनाईएको छ ।
बैंकमा नियमित जसो पुर्ववतः ढंगबाट बैंकिंग कारोबार सञ्चालनमा रहेको छ । बैकको बित्तीय कारोबार सुधारउन्मुन रहेको र कुनै पनि कारोबारमा जोखिम नरहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *