नेपाल युवा क्लबले १० औं वार्षिकोत्सब आउदो बुधबार मनाउँदै

स्थानीय तह

नेपालगन्ज : बाँके जिल्लामा समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको नेपाल युवा क्लब नेपालगन्जले आफ्नो १०औं वार्षिकोत्सब भव्य रुपमा मनाउन गइरहेको छ ।

दिगो विकास, वातावरणीय सरसाफाई  बारेमा जनचेतना फैलाउने, महिला तथा बालबालिका विरुद्धको सबै प्रकारका शोषण ,दुव्र्यवहार ,जोखिम र भेदभावको अन्त्य गरी बालबालिकाहरुको जिवानस्तर सुधार गर्ने, स्वस्था सेवा प्रदान गर्ने,  जनचेतनामुलक तालिम, सेमिनार, गोष्ठी संचालन गर्ने  साथै खेलकुद सम्बन्धित काम गर्ने संस्थाको उद्देश्य रहेको क्लबका नव निर्वाचित अध्यक्ष मोहम्मद मोहसिन समीरले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा रहेको  कार्यालयमै वार्षिकोत्सब मनाउने कार्यक्रम रहेको अध्यक्ष समीरले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *