नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलनमा तीन जनाको दावी देखिएको छ । आजदेखि दाङमा सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुअल माध्यमबाट उद्घाटन गरेपनि अहिले बन्द सत्र शुरु गर्ने र भोली नेतृत्व चयन गर्ने कार्यक्रम तय भएको प्रदेश सचिवालयका एवं पूर्वमन्त्री सुर्दशन बरालले बताउनुभयो ।
उद्घाटन सत्रमा प्रतिनिधि र अतिथि मात्रै सहभागी रहेका थिए । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने चेतावनीका कारण सम्मेलनमा भीडभाड कम गर्ने उद्देश्यले प्रतिनिधिको मात्रै उपस्थिति गराएको हो । लुम्बिनी प्रदेशमा दुई सय ५३ सदस्यीय कमिटि गठन हुने जनाएको छ ।

लुम्बिनी प्रदेश संगठन कमिटीका सचिव जगप्रसाद शर्मा (अपार) रोल्पाका दिपेन्द्र पुन ‘सिजल’ उनी प्रदेश सभा सांसद समेत हुन् । यस्तै रुकुमका तेजबहादुर वली लगायतको चर्चा रहेको छ। उनीहरुले अझै खुलेर बाहिर नभएपनि केन्द्रीय नेताहरु माझ लबिङ शुरु गरेका थिए । यस्तै प्रदेश सभा सदस्य आशा स्वर्णकारले महिलालाई पनि अगाडि बढाउनुपर्ने माग पटक पटक राख्ने गरेको माओवादीका नेताहरु बताउछन् ।
नेकपा (माओवादी केन्द्र) प्रदेशका सबै १०९ स्थानीय तहमा संगठन विस्तार भएको छ भने एक लाख १२ हजार ९ सय ८८ पार्टी सदस्य रहेको बरालले बताए ।
पहिलो दिन शनिबार उद्घाटन भएको सत्रमा कलाकारहरुको प्रस्तुति राखिएको थियो भने भोली नयाँ नेतृत्व चयन गर्दै सकिनेछ ।
रातोपाटी
