लुम्बिनी प्रदेश सभाषद नमुनाद्वारा स्वर्गीय बिरमी केसीप्रति श्रद्धाञ्जली अर्पण

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : स्वर्गीय बिरमी केसीको ६ औं श्रद्धाञ्जली सभा लुम्बिनी प्रदेश सभाषद कृष्णा केसी नमुनाद्वारा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

बिहीबार बिरमी चन्द्र फाउन्डेसनको कार्यालयमा स्वर्गीय बिरमी केसीको श्रद्धाञ्जली सभा कार्यक्रम राखिएको थियोे । उक्त फाउन्डेसन स्वर्गीय बिरमी केसी र स्वर्गीय चन्द्र बहादुर केसीको नामबाट स्थापना गरिएको हो ।

स्वर्गीय केसीको सुपुत्री समेत रहेकी नमुनाले उक्त फाउन्डेसनले गरेको सामाजिक कार्य, पत्रकारिता उत्पादन गर्ने काम लगायतको प्रशंसा गर्नुभएको हो । उहाँले फाउन्डेसनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आफू चिन्तित रहेको बताउदै फाउन्डेसनले बाँके जिल्लामा रहेका ८ वटै स्थानीय तहमा केही न केही काम गर्ने बताउनुभयो । उक्त संस्थाका अध्यक्ष डा. डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाषद कृष्णा केसी नमुना रहनु भएको थियोे ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, नीति तथा परामर्श केन्द्रका सदस्य सुशील लामिछानेले स्वर्गीय केसीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँ मरेर गएपनि संस्थाले गर्दा उहाँलाई सबैले चिन्ने गरेको बताउनुभयो । प्रेस सेन्टर नेपाल बाँकेका सचिव केपी घिमिरेले सञ्चालन गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सचिव गजेन्द्र गुरुङ, आलम खान, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव कृष्ण बहादुर वली लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *