पुष्पराज न्यौपाने
यदि तल दिइएका कुनै लक्षण देखिएमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला नत्र ज्यानै जान सक्छ । यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला ।
यसपटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ त्यसैले कुनै पनि लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला । संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला। जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ।
१) पिसिआर पोजिटिभ आएमा गतसाल जस्तो सप्लिमेन्ट ( भिटामिन वा इम्युन बुस्टर ) खाएर ढुक्क नहुनुहोला । यसपटक छिटो कोभिड निमोनिया हुने भएकोले तुरुन्तै नजिकको कोभिड अस्पतालको(Fever clinic) फि-भर क्लिनिकमा जानुहोला । त्यहाँ चिकित्सकले तपाइंलाई परीक्षण गरेर आबश्यकता अनुसार छातीको एक्स रे, रगतको जांच तथा सिटि स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाइंको अवस्था खराब छ भने उहाँहरुले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ । उहाँहरुको सल्लाह अक्षरयांस पालना गर्नुहोला ।
२) लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४% भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईंलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुन् नपर्ने एबम सजिलोसंग निको हुने अवस्था हुन्छ ।
३) गतसाल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई संक्रमण हुनसक्छ । प्रजाति फरक भएकोले गाह्रो हुन सक्छ । मैले खोप लगाएको छु वा गत सालको एन्टिबोडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला ।
४) बालबालिका तथा युवालाई केहि हुँदैन भनेर घरमा नबस्नुहोला । यसपटक बालबालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृ- त्युदर गतसालको भन्दा धेरै छ ।
५) अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सिजनको स्तर केहि बढ्दछ त्यसैले पेटको बलमा घोप्टो परेर सुत्नुहोला ।
६) अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन । प्याक भएका अस्पतालले अस्पताल बाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन् ।
७) चिकित्सक र स्वास्थ्यकर्मी को सल्लाह बिना आफै अक्सिजन लगाएर घरमा नबस्नुहोला । अक्सिजन उपचार हैन । निमोनिया वा अन्य छातीको संक्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ । अक्सिजनको मात्रा चिकित्सक र स्वास्थ्यकर्मी को सल्लाह अनुसार मात्र थपघट गर्नुपर्छ ।
८) औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ । एकजनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ । तसर्थ चिकित्सक र स्वास्थ्यकर्मी बाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला । कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो ।
९) प्रतिरोध क्षमता बढाउनको लागि जथाभावी आयुर्बेद औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारस अनुसार मात्र आयुर्बेद औषधि सेवन गर्नुहोला । आयुर्बेद औषधिले कोभिड निको हुँदैन । तपाइंको स्टामिना बढाउँछ । यस्तो बेला सबै चिकित्सा पद्दतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।
१०) यसपटकको संक्रमणले निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ । ४ – ६ घण्टामा निकै बढी असर गर्न सक्छ । तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला । निको भएका संक्रमितका कुरा सुन्नुहोला ।
११) अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सक तथा स्वास्थ्यकर्मीको ध्यान बढी हुन्छ तसर्थ नआत्तिनुहोला ।
१२) कुनैपनि चिकित्सकले तथा स्वास्थ्यकर्मीले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुनसक्छ। यो भाइरल संक्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नु हुँदैन । यस्तो अवस्थामा एकपटक छातीको एक्स रे वा सिटि स्क्यान गर्नु सुरक्षित हुन्छ ।
१३) उपचार पश्चात पिसिआर नेगेटिभ आएपनि कोभिडले तपाईका बिभिन्न अंगमा असर गरेको हुनसक्छ । चिकित्सकको सल्लाह अनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ ।

सरकारले जारी गरेका सुचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालना गरेमा हामी संक्रमणबाट बच्नेछौँ । कृपया पटक्कै लापरबाही नगर्नुहोला । हामीले आफु, परिवार तथा समाजलाई संक्रमण हुन् नदिनको लागि सतर्क बनौं । सतर्क भएमा हामी अस्पताल जानु पर्दैन । काेभिडबाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ ।
भारतमा देखा परेको कालो ढुसी(Black fungus) को प्रकोप नेपालगन्जमा पनि देखियो कोहलपुर हस्पिटलमा १ संक्रमित भर्ना ।।
•के हो यो बिमारी?
नयो एक प्रकारको ढुसी जस्तै जिवाणु (Fungus) ले गर्ने रोग हो!
•कस्लाइ हुने सन्भावना हुन सक्छ?
यो COVID 19 भएका जसमा उच्च सुगर भएको, ICU वा हस्पिटलमा लामो समय अक्सिजनमा बसेको, लामो समयसम्म steroid जस्तै डेक्सोना आदि चलाएको, दिर्घ रोग भएको आदि मा धेरै जसो देखिने गर्छ!
•लक्षणहरु
-आँखा वा नाकमा वा वरिपरी रातो हुने वा कालो हुने
-दात, गिजा, टाउको, मुख दुख्ने
-नाकबाट रगत वा कालो बग्ने
-छाती दुख्ने, रगत उल्टि आउने
-आँखा देख्न कम हुने
-ज्वोरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, मानसिक अवस्थामा परिवर्तन आउने
-आदि
• यस्तो अवस्थामा के गर्ने?
-यस्तो अवस्था आएमा चिकित्सक तथा स्वास्थ्यकर्मी सँग परामर्श गर्ने।
-यो लक्षणहरु आउदैमा सबै लाई Black Fungus भयो भन्ने हुदैन त्यसैले शुरू मै नआत्तिने।
-बेलैमा सहि परामर्श र उपचार पायो भने यो रोग निको हुन्छ!
विज्ञहरुको सुझाव “स्वास्थ्य संकटकाल “लाई सरकारले सकारात्मक सोचेको र अध्यादेश पनि आईसकेको हुनाले जति खेर नि यो कानुन लागु हुन सक्छ त्यसैले सबै आ-आफ्नो ठाउँबाट घरमै बसेर सहयोग गरौ र सरकारले पनि परिक्षण को दायरा
बढाउने कदम चाल्नु पर्छ अनि मात्र माहामारीको chain break गर्न सकिन्छ।
लेखक: हेल्थ असिस्टेन्ट हुनुहुन्छ ।