नेपालगन्ज : कोभिड महामारीको भयावह वर्तमान अवस्थामा गैरसरकारी संस्था मानवता नेपाल बाँकेको टिमले बासद्वारा सञ्चालित मास्क बैंकलाई १ हजार ५ सय थान सर्जिकल मास्क सहयोग गरेको छ ।
मानवता नेपालका कार्य समितिका सदस्यहरुको सहयोगमा माक्स बैंकलाई सहयोग गरेको संस्थाकि अध्यक्ष अम्बिका काफ्लेले बताउनुभयो । २०७७ चैत महिनामा स्थापना भएको उक्त संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको संस्थाका सचिव कमल शाहीले बताउनुभयो ।

मानवता नेपालले पत्रकार महासंघ बाँकेलाई पनि एम्बुलेन्स खरिद गर्नका लागि ११ हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग समेत गरेको अध्यक्ष काफ्लेले बताउनुभयो
उक्त सर्जिकल माक्स बासका कार्यकारी निर्देशक नमस्कार शाहलाई उक्त संस्थाकि अध्यक्ष अम्बिका काफ्ले, उपाध्यक्ष मदुसुधन अधिकारी ,सचिव कमल शाही, सहसचिव नवीन पौडेल सदस्यहरु अजिज हलवाई, नेत्र सापकोटा, केपी घिमिरे, बासका निर्देशक हेमराज भट्ट , पत्रकार मुना बिष्टलगायतको उपस्थितिमा बासको कार्यालय भृकुटी नगरमा हस्तान्तरण गरिएको थियोे ।

