नेपालगन्ज : स्वास्थ्य क्षेत्रमा र शिक्षा क्षेत्रमा देशभरिका कलेजहरु मध्य अब्बल मानिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहीबार वडा विजय दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा त्यहाँ कार्यरत रहेका चिकित्सक तथा कर्मचारीहरुले शुभकामना आदानप्रदान गरेका छन् ।
उक्त मेडिकल कलेजका प्रिन्सिपल प्रोफेसर डा. अनुप शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि.का निर्देशक डा. सन्तोष शर्मा, कार्यबाहक अस्पताल डाइरेक्टर डा. दिनेश श्रेष्ठ, अस्पतालका कोर्डिनेटर रामकृष्ण हमाल, प्रोफेसर डा. नन्दा गुरुङ, स्त्रीरोग विशेषज्ञ डा. होमनाथ अधिकारी , नर्सिङ प्रमुख ललिता शर्मा, नर्सिङ कोर्डिनेटर रेखा शाह लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुको आत्मीय सम्बन्ध, अरुबेला आफ्नो आफ्नो काममा व्यस्त हुने भएको हुदा चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा एउटै घरको परिवार जस्तै हुने अधिकांश वक्ताले बताउनुभएको थियो । कार्यक्रममा आपसी भाइचारा, बिरामीको सेवामा कुनै कमी हुन नदिने, बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । अस्पताल जस्तो संबेदनसिल ठाउँमा सबै चिकित्सक तथा कर्मचारी दशमीमा घरजान नपाउने भएको हुदा यस्ता कार्यक्रमले घरको सम्झजा स्मरण गराएको उपस्थित चिकित्सक तथा कर्मचारीले बताएका थिए ।

