वरिष्ठ चिकित्सक डा- एम किदुवाई सम्मानित

नेपालगन्ज : लामो समय सरकारी सेवामा रही बिरामीको सेवा गर्नु भएको हाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका अस्पताल निर्देशक डा- एम किदुवाईलाई आज भेरी अस्पताल नेपालगन्जले सम्मान गरेको छ । भेरी अस्पताल नेपालगन्जको १३२ औं वार्षिकोत्सब समारोहमा वरिष्ठ चिकित्सक तथा पूर्व भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा- किदुवाईलाई सम्मान गरिएको हो । उक्त वार्षिकोत्सब […]

Continue Reading

जिभिएन मा-वि- नेपालगन्जमा अध्ययनरत विद्यार्थीहरुको निशुल्क आँखा जाँच

नेपालगन्ज : भिजन अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा नेपालगन्जमा रहेको जिभिएन मा-वि- मा कक्षा नर्सरी देखि ५ कक्षा सम्ममा अध्ययनरत विद्यार्थीहरुको आँखाको जाँच गरिएको छ । उक्त विद्यालयका प्रिन्सिपल मान बहादुर थापाको भनाइ अनुसार ३०० जना विद्यार्थीहरुको जाँच गरिएको बताएका छन् । नेपालगन्जको सुर्खेत रोडमा रहेको भिजन अस्पतालबाट प्राविधिक टोलीले उक्त विद्यालयमा जाँच गरेको थियोे । […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेज कोहलपुरको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा दिन नसकिने सूचना

कोहलपुर: नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड अन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले साउन ४ बाट सेवा दिन नसकिने सूचना जारी गरेको छ । आज कोहलपुर शिक्षण अस्पतालका निर्देशक रेशम बहादुर रानाले सूचना जारी गर्दै नेपाल सरकारले ०७९/०८०को बजेट भाषणमा नै सरकारी र सामुदायिक अस्पतालहरुबाट मात्र स्वास्थ्य बीमाको सेवा दिने र प्राइभेट […]

Continue Reading

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको अधिबेशन असार ३२ मा हुदै

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको केन्द्रीय अधिबेशन यही असार ३२ गते शिक्षण अस्पताल कोहलपुरमा हुदै छ । नेपालगन्ज मेडिकल कलेजमा रहेको उक्त युनियन श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा  २०६१ भाद्र २२ गते दर्ता भएको थियोे । आजका दिनसम्म अाइपुग्दा पाचौं पटक अलगअलग व्यक्तिको नेतृत्वमा संगठन चलाएको पाइन्छ […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा सबैको लघु वित्त वित्तीय  सहकारी संस्थामा निशुल्क स्वास्थ्य जाँच

कोहलपुर: बाँकेको कोहलपुर ३ मा रहेको सबैको लघुवित्त वित्तीय  सहकारी संस्था लिमिटेडको छैटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोहलपुर ३ मदनचोकमा आज बिहान १० बजेदेखि सुरु भएको उक्त शिविरमा १०३ जनाले सेवा लिएको उक्त संस्थाका अनुगमन प्रमुख बुद्धि राम चौधरीले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जकि स्त्रीरोग […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेज र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालबीच संम्झौता

नेपालगन्ज :  लर्डबुद्ध एजुकेशनल एकेडेमी लि- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जबीच औषधि उपचार सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल प्रहरी अस्पतालबाट नेपालगन्ज मेडिकल कलेजमा रिफर भएर आएका वहालवाला र भुपु प्रहरीलाई जनरल, बेड चार्ज, जनरल ल्याव र रेडियोलोजीमा २५ प्रतिशत  छुट  दिने सम्झौता भएको नेपाल प्रहरी […]

Continue Reading

नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके को अध्यक्षमा वली

गगन पौडेल नेपालगन्जनेपाल आई टी एफ तेक्वान्दो संघ बाँके को तेश्रो जिल्ला अधिवेशन  नेपाल आई टी एफ तेक्वान्दो संघ का अध्यक्ष रञ्जित गिरीको अध्यक्षता एबम लुम्बिनी प्रदेश आई टी एफ अध्यक्ष वीरेन्द्र बहादुर शाही, उपाध्यक्ष गीता क्षेत्री, जिल्ला खेलकुद बिकास कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, जिल्ला खेलकुद बिकास समिती पूर्व उपाध्यक्ष कृष्णा पाठक, आई टी एफ […]

Continue Reading

बाँके र बर्दियाका तीन पालिकालाई १५ लाखको उद्धार सामाग्री हस्तान्तरण

नेपालगञ्ज- बाढी र डुबानको उच्च जोखिममा रहेका बाँके र बर्दियाका तीनवटा पालिकालाई विपद व्यवस्थापनका लागि अति आवश्यक पर्ने उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको छ । बाँकेको खजुरा गाउँपालिका तथा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकालाई विपद व्यवस्थापनका लागि १५ लाख बराबरको उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।दुबै जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रसंगको समन्वयमा कोभिड १९ रेस्पोन्स र […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा खजुरा  ५ मा निशुल्क स्वास्थ्य शिविर

खजुरा: खजुरा गाउँपालिका वडा नं ५ को आयोजनामा, उढरापुर स्वास्थ्य चौकीको सहकार्य र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत डा- प्रतीक घिमिरे, डा- श्याम शाह, डा- एम- डी- आजान,  डा- राजेश यादव, डा- मेघा मण्डल, डा- राजीव मण्डल, डा- अर्चना देवकोटा, […]

Continue Reading

जिफन्ट आवद्ध रिक्सा युनियनको आयोजनामा कोहलपुर ५ मा  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध रिक्सा युनियनको आयोजनामा बाँकेको क‍‍ोहलपुरमा आँखाको  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोहलपुर नगरपालिका वडा नं ५ एन-टी-भी- रोड नजिकै रिक्सा अटो युनियनको कार्यालयमा भएको स्वास्थ्य चेकजाँचमा १०९ जनाले स्वास्थ्य जाँच गराएका छन् । उक्त शिविरमा सुगर, ब्लड प्रेसर , अाखाको जाँच गरिनुका साथै नि:शुल्क औषधि समेत वितरण […]

Continue Reading