लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको अधिबेशन असार ३२ मा हुदै

स्थानीय तह स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको केन्द्रीय अधिबेशन यही असार ३२ गते शिक्षण अस्पताल कोहलपुरमा हुदै छ ।

नेपालगन्ज मेडिकल कलेजमा रहेको उक्त युनियन श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा  २०६१ भाद्र २२ गते दर्ता भएको थियोे । आजका दिनसम्म अाइपुग्दा पाचौं पटक अलगअलग व्यक्तिको नेतृत्वमा संगठन चलाएको पाइन्छ ।

नेपालगन्ज मेडिकल कलेज भित्र रहेका अन्य दुईवटा युनियन भन्दा यो कर्मचारी संगठनमा आश्था राख्ने कर्मचारीहरु बढी रहेका छन् । अहिले हुन लागेको अधिबेशनका लागि १ हजारजति कर्मचारीहरु मध्ये  ७३४ जना कर्मचारीहरुले सदस्यता नवीकरण गरेको संगठनकी महासचिव रत्ना गिरीले बताइन् । मेडिकल कलेजमा रहेका अधिकृत स्तरका कर्मचारीहरु भन्दा तल्लो तहका कर्मचारीहरु उक्त युनियनको सदस्यता बन्न पाउने व्यवस्था भएको संगठनका सभापति कुश्माखर बस्यालले बताए ।

हाल सम्म आइपुग्दा संस्थापक अध्यक्षमा सुशीला अधिकारी, प्रथम अध्यक्षमा टी- एन रावत, दोस्रो कार्यकालको लागि अब्दुल हुसेन खाँ, तेस्रो कार्यकालको लागि यम बहादुर खड्का , चौथो कार्यकालको लागि पुनः टी- एन- रावत र पाचौं कार्यकालको लागि कुश्माखर बश्यालको नेतृत्वमा संगठन चलेको छ । अहिले छैटौं अधिबेशन सम्पन्न हुन लागेको छ, छैटौं अधिबेशनबाट मुल नेतृत्व चुन्न बाकी रहेको संगठनकी महिला उपसभापति सुमन गिरी श्रेष्ठले बताइन् ।

मेडिकल कलेजमा अरु दुईवटा कर्मचारी युनियन रहेका छन् जसमध्ये लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संघको नेतृत्व यम बहादुर खड्काले गरेका छन् भने नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको नेतृत्व मुनीर खानले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *