वरिष्ठ चिकित्सक डा- एम किदुवाई सम्मानित

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद


नेपालगन्ज : लामो समय सरकारी सेवामा रही बिरामीको सेवा गर्नु भएको हाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका अस्पताल निर्देशक डा- एम किदुवाईलाई आज भेरी अस्पताल नेपालगन्जले सम्मान गरेको छ ।

भेरी अस्पताल नेपालगन्जको १३२ औं वार्षिकोत्सब समारोहमा वरिष्ठ चिकित्सक तथा पूर्व भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा- किदुवाईलाई सम्मान गरिएको हो । उक्त वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका राज्यमन्त्री माननीय हिराचन्द्र रेग्मी र भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा- बद्री चापागाईंले  प्रमाणपत्रद्वारा डा- किदुवाईलाई सम्मान गर्नुभएको थियोे ।

डा- किदुवाई लामो समयसम्म सरकारी सेवामा कार्यरत रही सेवा दिनु भएको थियोे, उहाँको नाम नेपाल भरी नै प्रख्यात रहेको छ, उहाँ सालिन, सहयोगी, गरिब दिनदु:खीको मनमनमा बस्न सफल चिकित्सक हुनुहुन्छ । अहिले पनि उहाँको उपचारमा मध्य तथा सुदूरपश्चिम क्षेत्रबाट बिरामीहरु उहाँलाई खोज्दै उपचार गराउन आउने गरेका पाइन्छ  ।
उक्त सम्मान पत्रमा डा- किदुवाईले अस्पताललाई यहाँ सम्म पुर्याउनमा पनि ठूलो योगदान रहेको उल्लेख गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *