नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके को अध्यक्षमा वली

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद


गगन पौडेल नेपालगन्ज
नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके को तेश्रो जिल्ला अधिवेशन  नेपाल आई टी एफ तेक्वान्दो संघ का अध्यक्ष रञ्जित गिरीको अध्यक्षता एबम लुम्बिनी प्रदेश आई टी एफ अध्यक्ष वीरेन्द्र बहादुर शाही, उपाध्यक्ष गीता क्षेत्री, जिल्ला खेलकुद बिकास कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, जिल्ला खेलकुद बिकास समिती पूर्व उपाध्यक्ष कृष्णा पाठक, आई टी एफ का पूर्व टेक्निकल डाइरेक्टर सरोज खान, तथा सीनियर प्रशिक्षक राहुल श्रेष्ठको आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनले आगामी कार्यकालको लागि तेर्ह्र सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। नयाँ कार्यसमिति अध्यक्षमा नरेन्द्र बहादुर वलि, उपाध्यक्ष अब्दुल अहमद, उपाध्यक्ष सुनिल रसाइली, सचिव जगदीश भट्ट, कोषाध्यक्ष जगदीश यादव, सल्लाहकार सदस्य प्रेम भण्डारी सदस्य हरु रम्बान शेख,राजेन्द्र केवट, सूर्य किरण हमाल, जुना विक, सोनु केवट, नरेश तेली, राहुल श्रेष्ठ, अस्मिता वली, रहनु भएको छ। 

अधिवेशनमा बोल्ने वक्ताहरुले तेक्वान्दो खेल मात्र नभएर आफ्नो आत्मरक्षाको बलियो साधन भएको र  सरकारले आफ्ना हरेक नागरिकहरुलाई तालिम दिनुपर्ने जसबाट समाजमा हुने विभिन्न आपराधिक घटना कम गर्न मदत पुग्नेमा जोड दिनुभयो।

कार्यक्रमा बोल्दै नवनियुक्त अध्यक्ष वलीले खेल जगत को राजा मानिने तेक्वान्दो खेल सरकारको प्राथमिकतामा नपरेकोमा दुःख व्यक्त गर्नुभयो राज्य ले खेल र खेलाडी लाइ उपेक्षा गर्नु नहुने धारणा व्यक्त गर्दै आफ्नो कार्यकालमा बाँके जिल्ला लाई तेक्वान्दो हब बनाउन स्थानीय, प्रदेश तथा संघीय सरकार समक्ष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *