कोहलपुर: बाँकेको कोहलपुर ३ मा रहेको सबैको लघुवित्त वित्तीय सहकारी संस्था लिमिटेडको छैटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कोहलपुर ३ मदनचोकमा आज बिहान १० बजेदेखि सुरु भएको उक्त शिविरमा १०३ जनाले सेवा लिएको उक्त संस्थाका अनुगमन प्रमुख बुद्धि राम चौधरीले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जकि स्त्रीरोग विशेषज्ञ डा- पुनम आचार्य, इन्टर्न डा- रोजी शाह, डा- सन्तोष महतो, डा- नितेश कौशल, डा- नवल किशोर शाह लगायतको उपस्थितिमा शिविर सञ्चालन गरिएको थियोे ।


नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक डा- रोमन किदुवाईले पछिल्लो समयमा धेरै ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गराउदै आइरहनु भएको छ । प्रशासनको तर्फबाट श्री केपी घिमिरेलाई क्याम्पको जिम्मेवारी दिएको डा- किदुवाईले बताउनुभयो ।

उक्त लघुवित्तले देशभरिका आफना शाखा भएका ठाउँमा केही न केही सामाजिक कार्य गरेको मदन चोक कायममुकायमका अनुगमन अधिकृत बुद्धि राम चौधरीले बताउनुभयो । यस्ता किसिमका स्वास्थ्य शिविरले सहकारीका उपभोक्ता र सेवालिन आउनु हुने सेवाग्राहीलाई टेवा पुगेको उक्त सहकारीकि अनुगमन अधिकृत रिमा रानाभाटले बताउनुभयो ।
फेरि छिट्टै आखाको स्वास्थ्य शिविर राख्ने योजना भएको उक्त सहकारी संस्थाका मदनचोक शाखा प्रमुख भोला गिरीले बताउनुभयो । नेपालगन्ज मेडिकल कलेजले यस्ता निशुल्क स्वास्थ्य शिविरमा उल्लेखनीय योगदान गरेको भन्दै मेडिकल कलेजलाई प्रशंसा पत्र पनि दिइएको थियो ।
