नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा खजुरा  ५ मा निशुल्क स्वास्थ्य शिविर

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह स्वास्थ्य/ खेलकुद



खजुरा: खजुरा गाउँपालिका वडा नं ५ को आयोजनामा, उढरापुर स्वास्थ्य चौकीको सहकार्य र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।


नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत डा- प्रतीक घिमिरे, डा- श्याम शाह, डा- एम- डी- आजान,  डा- राजेश यादव, डा- मेघा मण्डल, डा- राजीव मण्डल, डा- अर्चना देवकोटा, डा-  आशिष भट्टराई लगायतको टीमले बिरामीहरुको स्वास्थ्य चेकजाँच गर्नुभएको थियोे ।


खजुरा गाउँपालिकाको उढरापुर स्वास्थ्य चौकीमा भएको स्वास्थ्य चेकजाँच शिविरमा खजुरा गाउँपालिका प्रमुख डम्बरबहादुर बि-क-, उपाध्यक्ष मन्जु मल्ल, स्थानीय नेता शरद पोखरेल र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्रशासनिक  तर्फबाट केपी घिमिरेको   उपस्थिति रहेको थियो ।


उक्त स्वास्थ्य शिविरमा जनरल फिजिसियन, स्त्रीरोग, सर्जरी, डेण्टल सम्बन्धि समस्या रहेका बिरामीको जाच गरिनुका साथै स्वास्थ्य चौकीमा उपलब्ध रहेको औषधि वितरण गरिएको स्वास्थ्य चौकीका प्रमुख चन्द्र बहादुर पाण्डेले बताउनुभयो ।


उक्त शिविरको बारेमा प्रतिक्रिया दिदै खजुरा गाउँपालिका प्रमुखले जनताले घरघरमा स्वास्थ्य चेकजाँच गराउन पाउनु खुसीको कुरा भएको बताउदै २०७९/०८० का लागि पनि पालिकाले स्वास्थ्य क्षेत्रका लागि राम्रै बजेट विनियोजन गरेको बताउनुभयो । वडा अध्यक्ष गरिबी शेषले आगामी दिनहरुमा पनि स्वास्थ्य शिविर सञ्चालन गरी जनतालाई सेवा दिन तयार रहेको बताउदै शिविरमा सहयोग गर्ने नेपालगन्ज मेडिकल कलेल र प्राविधिक टीम सबैलाई धन्यवाद दिनु भएको थियोे ।
उक्त स्वास्थ्य शिविरमा १८२ जनाले सेवा लिनु भएको उक्त वडाका वडा अध्यक्ष गरिबी शेषले बताउनुभयो । शिविरमा स्वास्थ्य चौकी उढरापुरमा कार्यरत प्राविधिक कर्मचारीहरु सद्दाम हुसेन खाँ, सीता थापा, इबरान खाँ, लक्ष्मी देवी कार्की , आशा गिरी र अन्य कार्यालय सहयोगी कर्मचारीहरुले सहयोग गरेको स्वास्थ्य चौकी इन्चार्ज पाण्डेले बताउनुभयो ।
शिविरको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक डा- रोमन किदुवाइले चिकित्सक सहितको टीम खटाउनु भएको उक्त शिविर व्यवस्थापन गर्नु भएको डा- राजेश यादवले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *