नेपालगन्ज मेडिकल कलेज कोहलपुरको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा दिन नसकिने सूचना

स्वास्थ्य/ खेलकुद


कोहलपुर: नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड अन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले साउन ४ बाट सेवा दिन नसकिने सूचना जारी गरेको छ ।

आज कोहलपुर शिक्षण अस्पतालका निर्देशक रेशम बहादुर रानाले सूचना जारी गर्दै नेपाल सरकारले ०७९/०८०को बजेट भाषणमा नै सरकारी र सामुदायिक अस्पतालहरुबाट मात्र स्वास्थ्य बीमाको सेवा दिने र प्राइभेट अस्पतालहरुमा दिदै अाएको स्वास्थ्य बीमा कार्यक्रम हटाउने निर्णय गरेको भन्दै उक्त हस्पिटलले पनि अब उप्रान्त सेवा नदिने तर पुनः नेपाल सरकारले सेवा दिने परिपत्र गरेको खण्डमा दिन सकिने भनेर सूचना निकालिएको छ ।
उक्त सेवा हटाउदा बिरामीहरुलाई पर्न जाने असुविधा प्रति पनि मेडिकल कलेजले क्षमा मागेको छ ।
यस्तो छ सूचना :


Leave a Reply

Your email address will not be published. Required fields are marked *