बृटिश स्कुलका कक्षा १० का विद्यार्थीलाई  बिदाई

नेपालगञ्ज: बृटिश इङ्लिस बोर्डिङ स्कुल नेपालगञ्जले कक्षा १० का विद्यार्थीहरूलाई एक भव्य समारोहका साथ बिदाई गरेको छ। नेपालगञ्ज बाइपासस्थित माउरी होटलमा आयोजित कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आफ्नो अग्रज दाजु दिदीहरूलाई स्नेहपूर्वक बिदाई गरेका छन् । कार्यक्रममा बोल्दै कक्षा १० का विद्यार्थी जयन्द्र शाहीले विद्यालयले आफूहरूलाई जीवनको वास्तविक बाटो देखाएको […]

Continue Reading

रोजगारी सिर्जना गर्ने कार्यक्रम बढी भन्दा बढी सञ्चालन गर्नुपर्छ – पूर्वमन्त्री नमुना  

नेपालगन्ज-  लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुना सहितको बाँके युनेस्को क्लबको अनुगमन टोलीले बर्दियामा सञ्चालित ग्रीन इकोनोमि परियोजनाको स्थलगत अनुगमन गरेको छ । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा क्लबले राजापुर नगरपालिकामा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गतको बाँस हस्तकला तालिमको संयुक्त रूपमा अवलोकन अनुगमन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले […]

Continue Reading

मधुवन नगरपालिकाद्धारा विद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलन गर्ने प्रक्रिया सुरु

बर्दिया जिल्लाको मधुवन नगरपालिकाले कुनै पनि बालवालिकाहरु शिक्षाको अवसरबाट वन्चित हुन नपरोस भनि १६ वर्ष भित्रका बिद्यालय बाहिर रहेका बालबालिका लगायतको तथ्यांक संकलन शुरु गर्न थालेको छ ।मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र बाँके युनेस्को क्लवको बालिका शसक्त परियोजनाको संयुक्त साझेदारीमा बिद्यालय बाहिर रहेका बालबालिका लगायत अपाङ्घता भएका बालबालिका र १५ वर्ष देखि […]

Continue Reading

मरणोपरान्त श्रीमतीको शब नेपालगन्ज मेडिकल कलेजलाई हस्तान्तरण

कोहलपुर : मानिसले पुण्य कमाउन मठ मन्दिर धाउछन् तीर्थ यात्रा गर्छन् तर बाँकेको कोहलपुरमा एक परिवारले आफ्नो श्रीमतीको मृत्यु भएपछि नीजको शब चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थीहरुका लागि अध्ययनमा सहजता ल्याउनका लागि शव  नेपालगन्ज मेडिकल कलेजलाई हस्तान्तरण गरेका छन् ।बाँकेको कोहलपुर नगरपालिका वडा नं १२ निवासी अ‍ोम प्रकाश सापकोटा केसीको धर्मपत्नी सावित्री सापकोटा केसीको शब आज नेपालगन्ज […]

Continue Reading

रहेनन् नेकपा एकीकृत समाजवादीका प‍ोलिटब्युरो सदस्य नेता कोइराला

कोहलपुर : नेपाल कम्युनिस्ट पार्टी  एकीकृत समाजवादीका पाेलिटव्युराे सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह संयोजक  काेहलपुर बाँके निवासी नेता अशाेक काेइरालाको हृदयाघातका कारणले  निधन भएको छ । कोइराला केही दिन देखि  ब्रेेेनह्हम्रेज भइ भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टीलेटरमा रहेर उपचारार्थ हुनुहुन्थ्यो नेता काेइरालाकाे उपचारका क्रममा आज  निधन भएको हाे । तत्कालीन अबस्थामा बाँकेमा नेकपा […]

Continue Reading

बाँकेको पर्यटन विषय एक अवसर अनेक

         डा. कवीन्द्र राज भट्टराई            नेपालगन्ज, बाँके १. भूमिका:         नेपालको लुम्बिनी प्रदेशअन्तर्गत पर्ने बाँके जिल्ला जैविक विविधता, धार्मिक सहिष्णुता, सांस्कृतिक सम्पदा, तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण क्षेत्र हो। नेपालगन्जलाई पश्चिम नेपालको व्यापारिक केन्द्र हो यसलाई व्यपारिक केन्द्रमा मात सिमित नबनाई बहुपक्षीय पर्यटन हबका रूपमा विकास गर्ने पर्याप्त सम्भावना  छ। प्राकृतिक सौन्दर्य, धार्मिक स्थलहरू, र विभिन्न जातजातिका […]

Continue Reading

म. ब. क्याम्पस नेपालगन्ज स्ववियु निर्वाचन अपडेट : विद्यार्थीको रोजाइमा संयुक्त प्यानल

नेपालगंज :  त्रिभुवन बिश्वविद्यालय सहित आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचनमा मतदान गर्न विद्यार्थीहरु हर्षित छन । पश्चिम नेपालको ठूलो क्याम्पस महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जमा चैत्र ५ गते (भोलि) बिहान ८ बजे देखि साँझ ४ बजेसम्म मतदान गरिने निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिले अन्तिम मतदाता सुचिमा नाम भएका बिद्यार्थीहरुले मतदान प्रक्रियामा सहभागि हुन आवाह्रन […]

Continue Reading

प्रहरी निरिक्षक राजेश साहुको कमान्डमा मैनापोखराबाट लागू औषध सहित दुईजना पक्राउ

बर्दिया :  बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ६ मैनापोखर स्थित इलाका प्रहरी कार्यालय गेट अगाडि इन्ट्रि प‍ोष्ट नजिकैबाट लागू औषध सहित दुईजना व्यक्ति पक्राउ परेका छन् । सोमबार  दिउँसो  बढैयाताल गा.पा.६ मैनापोखर स्थित प्रहरी कार्यालयको गेट अगाडि इन्ट्रि पोष्टमा प्र.नि. राजेश तेलीको कमाण्डमा खटिएको प्रहरी टोलीले गुलरियाबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४२४७ नम्बरको […]

Continue Reading

बर्दिया मधुवनको वडा नम्बर चार बालविवाहमुक्त वडा घोषणा

बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ४ लाई एक भव्य समारोहकाविच बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, बी ग्रुप, दलित महिला उत्थान केन्द्र, गुड नेबर्स इन्टरनेसनल र सोनाहा विकास समाजको सहकार्यमा मधुवनको वडा नम्बर ४ लाई आधकिारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो । मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीको अध्यक्षतामा […]

Continue Reading

शिक्षक बासु अधिकारीको “हामी शिक्षक” गीत सार्वजनिक

दाङका शिक्षक बासु अधिकारीको ‘हामी शिक्षक’ गीत सार्वजनिक भएको छ । बासु अधिकारी र सुनिता बुढा क्षेत्रीद्वारा स्वरबद्द गरिएको उक्त गीतको शब्द र लय गायक अधिकारीको रहेको छ । यो गीतलाई अधिकारीले ‘बासु सर’ नामक आफ्नै युटुब च्यानलबाट सार्वजनिक गर्नु भएको हो । यो गीतले शिक्षालाई सम्मान गरौँ, शिक्षकहरूको हक र अधिकारको सम्मान गरौँ भन्ने […]

Continue Reading