नेपाल राष्ट्रिय प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पसको अध्यक्षमा अधिकारी

लुम्बिनी प्रदेश बिशेष शिक्षा

नेपालगञ्ज-  नेपाल राष्ट्रिय प्राध्यापक संगठन, महेन्द्र बहुमुखी क्याम्पस इकाई समिति नेपालगञ्ज, बाँकेको नयाँ कार्यसमिति गठन भएको छ। यहीँ साउन ८ गतेको सम्मेलनबाट सात सदस्यीय कमिटी गठन गरिएको थियो । त्यसलाई पुर्णता दिन  २०८२ साल साउन २२ गते बसेको बैठकले सर्वसम्मत रूपमा सात सदस्यीय पदाधिकारी सहितको कार्यसमिति चयन गरेको हो।

नवगठित कार्यसमितिको अध्यक्षमा काशी प्रसाद अधिकारी(भाष्कर)  उपाध्यक्षमा शिवराज शर्मा, सचिवमा रमेश थारु, सह–सचिवमा लोकेन्द्र वि.क., कोषाध्यक्षमा सुवास चन्द्र मिश्र, सदस्यमा डा. इन्द्र बहादुर भण्डारी र सरिता खनाल चयन भएका छन्।

अध्यक्ष काशी प्रसाद अधिकाऱीले नयाँ कार्यसमिति शिक्षण, शैक्षिक वातावरण सुधार र प्राध्यापकको हक हितका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको छ।नवनिर्वाचित पदाधिकारीहरुलाई महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख डा. लालमणि आचार्यले बधाई तथा शुभकामना दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *