कोहलपुर : वर्षा याममा सडकमा फोहर हुने र सर्वसाधारणलाई हिडडुल गर्न कठिनाइ हुने भएको हुँदा कोहलपुर नगरपालिका वडा नं ३ मा वृहत् सरसफाइ गरिएको हो ।
बुधबार बिहान निर्वाचित वडा नं ३ का वडा अध्यक्ष माधब रिजालको अगुवाइमा स्थानीय र नेकपा एमालेका क्षेत्रीय अध्यक्ष कुश्माखर बस्याल समेतको उपस्थितिमा सरसफाइ गरिएको अध्यक्ष रिजालले बताउनुभयो ।

स्थानीय वडा नं ३ को प्लेन चोक देखि मदनचोक सम्मको मुख्य सडक छेउछाउमा सरसफाइ कार्यक्रम गरिएको हो । यस्ता किसिमका कार्यक्रम नियमित गरिने समेत उहाँले बताउनुभयो ।



