नेपालगन्ज – वडा २३ स्थित हजरत सामुदायिक वनमा आज वृक्षारोपण कार्यक्रम भएको छ । क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना र स्ट्यान्डर्ड चार्टर बैंक नेपाल लिमिटेडको आर्थिक सहयोगमा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्देश्य संरक्षण र वातावरणीय सचेतना जगाउनु मात्र नभई समुदायलाई समृद्ध वनक्षेत्रको महत्वबारे बुझाउनु पनि रहेको छ भनेर 8 billion trees का planting director हेमन्त राज काफ्लेले जानकारी दिए ।
कार्यक्रमको शुभारम्भ क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) का कार्यकारी निर्देशक रविन्द्र लामिछानेको सभापतित्वमा पूर्व शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई प्रमुख अतिथि हुनुहुन्थ्यो। नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट विशेष अतिथि, लुम्बिनी प्राबिधिक विश्वविद्यालयका उपकुलपति डा. बिनोद ढकाल, नेपाली कांग्रेस जिल्ला सचिव सुधान्सु कोईराला, स्ट्यान्डर्ड चार्टर बैंक नेपाल लिमिटेडको शाखा प्रमुख हर्मेस सोनी, प्याब्सन बाकेका अध्यक्ष बिकास बज्राचार्य, प्याबसन नगर अध्यक्ष मानबहादुर थापा, नेपालगन्ज मोडेल एकेडेमीका प्रीन्सिपल विज्ञान शाह, युनाइटेड बिधालयका प्रधानाध्यापक जिबराज भन्डारी, तथा विद्यालयका बिद्यार्थीहरु वडा २३ का वडा अध्यक्ष, नागरिक समाजका कृष्ण प्रसाद श्रेष्ठ , लाईन्स डिस्ट्रीक गभर्नर ज्ञानेन्द्र श्रेष्ठ, लाईन्स सेक्रेटरी नरेन्द्र श्रेष्ठ २३ का स्थानीय बासिन्दाहरुको उक्त कार्यक्रममा सहभागी रहेको थियो ।
सर्वप्रथम क्लिन अप नेपाल (स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक तथा कार्यक्रमका सभापति रविन्द्र लामिछानेले वन संरक्षणका पक्षमा वृक्षारोपणको महत्त्व बताउँदै, “प्रत्येक बिरुवा एक जीवन हो यसले वातावरण मात्र होइन, हाम्रो भविष्य संरक्षित गर्छ”—जस्ता प्रेरणादायी शब्दहरूले वातावरणीय सचेतनाको सन्देश दिएका थिए । यही क्रममा माननीय पूर्व मन्त्री मोहम्मद ईस्तियाक राईले राज्य स्तरबाट वनक्षेत्रमा दीगो व्यवस्थापन र सहभागी प्रणालीको आवश्यकता औँल्याउनु भयो र बिरुवा लगाउनलाई आफ्नो पहल र रुख को महत्वको बारेमा जानकारी दिनु भयो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले स्थानीय तहबाट वन सम्बन्धी दीगो पहललाई प्रवर्द्धन गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो भने, नेपाली कांग्रेस जिल्ला सचिव सुधान्सु कोईराला, र अन्य अतिथिहरूले वनको समृद्धिका लागि समुदायको सशक्त संलग्नतालाई जोड दिनुभयो ।
स्ट्यान्डर्ड चार्टर बैंक नेपाल लिमिटेडका शाखा व्यवस्थापक हर्मेस सोनीले निजी क्षेत्रको सहभागितामा कार्यक्रम सफल भएको उल्लेख गर्दै, स्पोन्सरिंग र दीगो वन व्यवस्था प्रवर्द्धनमा बैंकले भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्याब्सन बाँके अध्यक्षले जलवायु परिवर्तन, संरक्षण, र हरित योजना सम्बन्धी जनचेतना अभिवृद्धिको आवश्यकता औँल्याउनुभयो।
परिस्थितिअनुसार वृक्षारोपणको क्रममा स्थानीय रुखहरु महुवा, बररो, अमला , शिरीष , लिची , अम्बा , अर्जुन गरि २ हजार बढी बिरुवाहरु लगाईएको छ ।
