महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नयाँ विद्यार्थीका लागि स्ववियु हेल्प डेस्क संचालन

लुम्बिनी प्रदेश बिशेष शिक्षा

नेपालगन्ज — महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई सहज बनाउने उद्देश्यका साथ  स्ववियुले सहायता कक्ष (Help Desk) संचालन गरेको छ। क्याम्पसमा भर्ना प्रक्रिया, विषय छनोट, फाराम भर्ने तरिका लगायतका जानकारी प्रदान गर्न उक्त हेल्प डेस्क स्थापना गरिएको हो।

स्ववियुका अध्यक्ष केशर जंग शाहीका  अनुसार, नयाँ विद्यार्थीलाई आवश्यक मार्गदर्शन र जानकारी दिने उद्देश्यले भर्ना अवधिभर हेल्प डेस्क निरन्तर सञ्चालन हुनेछ। हेल्प डेस्कमा स्ववियुका पदाधिकारी, सदस्य तथा स्वयंसेवक विद्यार्थीहरुले मित्रवत् व्यवहारसहित सहयोग गर्ने व्यवस्था मिलाइएको छ।

स्ववियुका कोषाध्यक्ष सुरेन्द्र रावलले भने, “हामीले नयाँ विद्यार्थीको समय बचत र सजिलोका लागि यो पहल गरेका हौं। क्याम्पसमा भर्ना प्रक्रिया अब पहिला भन्दा झन् सहज र व्यवस्थित हुनेछ।”

भर्ना हुन आउने विद्यार्थी तथा उनीहरुका अभिभावकहरूले पनि यस्तो पहलले भर्ना प्रक्रियामा सहजता आएको प्रतिक्रिया दिएका छन्। कुनै विद्यार्थीहरुले भने स्ववियुले नियमित पठनपाठन र क्याम्पसमा रहेका कक्षाकोठा फोहोर भएको हुदा सरसफाइमा पनि विशेष ध्यान दिनुपर्ने सल्लाह सुझाव दिएका छन् ।

स्ववियु सचिव चिरञ्जीवी बुढाका अनुसार स्ववियुले यसपालि इतिहास रच्ने दाउमा रहेको बताए । यसभन्दा अघिका स्ववियुको कार्यकाल भन्दा भिन्नै तरिकाले विद्यार्थीहरुको मन जितेर काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *