नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले आफुले जितेर आएको ३ वर्ष ३ महिनामा कुनैपनि स्थानीय जनतासँग राजस्व बाहेक १ रुपैयाँ पनि घुस लिएको प्रमाणित भए राजिनामा दिन तयार भएको बताउदै वितग ३ वर्षमा वडामा गरेका कामहरु सामाजिक सञ्जालमा हालेर प्रकाशित गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले निर्वाचित भएको तीन वर्षको अवधिमा विभिन्न पूर्वाधार, धार्मिक स्थल, खानेपानी, सरसफाइ तथा सामाजिक क्षेत्रमा उल्लेखनीय कामहरू सम्पन्न गरेका छन्।

प्रमुख उपलब्धिहरू :
पूर्वाधार तथा निर्माण
सार्वजनिक शौचालय निर्माण।
त्रिभुवन चौकमा चिसो पानी (वाटर कूलर) को व्यवस्था।
पासाङ ल्हामू रोड, जबदा टोल, नाका टोल लगायतका स्थानमा सडक, नाली र ढक्कन निर्माण कार्य सम्पन्न।
विभिन्न स्थानमा पुल निर्माण।
नारायण स्कुल पछाडि बोर्डिङ स्कूलको लागि भवन निर्माण।
खानेपानीको पाइपलाइन तथा लाइन जडान।
धार्मिक तथा सामुदायिक स्थल सुधार
भट्टीटोलमा दुर्गा मन्दिर निर्माण।
मरी माता मन्दिरमा रंगरोगन र मर्मत।
पासाङ ल्हामू रोडस्थित मस्जिदमा रंगरोगन।
दचचिढ मजारमा जग र पिलर।
शिव मन्दिर निर्माण।
अन्य विभिन्न मन्दिर, मस्जिद र धार्मिक स्थलको संरक्षण तथा सरसफाइ नियमित गरिरहेको ।
सामाजिक कार्यक्रम
शमसान घाटमा निःशुल्क दाउरा (काठ) वितरण ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा कम्बल वितरण।
प्रत्येक वर्ष लामखुट्टेबाट बच्न र नियन्त्रणका लागि औषधि छर्काइ।
नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनलाई सप्पन्न गर्न सहयोग ।
सदाचारप्रतिको प्रतिवद्धता
वडाअध्यक्ष कश्यपले आफूलाई दिएको जनमतको इमानदार सम्मान गर्दै भनेका छन् :
👉 “मेरो जानकारीमा राजस्वबाहेक कुनै सेवाग्राहीसँग एक रुपैयाँ घुस लिएको प्रमाणित भएमा म तत्काल राजीनामा दिन तयार छु।
”
वडा अध्यक्ष कश्यप नेकपा माओवादी केन्द्र पार्टीबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।