नेपालगन्जको सडकमा नाङ्गै आतंक मच्चाउने व्यक्तिबाट स्थानीय त्रसित, प्रहरी बेखबर

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज –  नेपालगन्जको विभिन्न सडकमा एक व्यक्ति हातमा कहिले लट्ठी त कहिले सरिया, कहिले खाली बोत्तल  लगायतका हतियार  लिएर आमनागरिकलाई तर्साउने, लखेट्ने , धपाउने र धम्काउने काम गर्दै आएको स्थानीयले बताएका छन् । उक्त व्यक्तिले यताउता गर्दै अनेकौंलाई लखेटेर घाइते समेत बनाएको स्थानीयले बताएका छन् तर प्रहरी भने बेखवर झै भएको छ  ।

करिब ६ महिनादेखि प्राय धम्बोजी चोक, बि.पी. चोक लगायतको सडकमा हिडडुल गर्ने , थुप्रै बटुलेका कपडाहरु बाटोमा थुपार्ने उनलाई देखेर मानिसले टिकटक बनाउने गर्दा लखेट्ने गर्दा अन्य सर्वसाधारण नागरिकमा त्रास फैलिएको भए पनि प्रहरी प्रशासन र स्थानीय सरकार बेखबर झैं मौन देखिएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । “हामी सामान्य हिँड्दा पनि त्रसित भइरहेका छौं, ठूला अप्रिय घटना नघट्ला भन्न सकिन्न,” एक स्थानीयले भने । धेरैले सामाजिक सञ्जालमा तत्काल उहाँलाई नियन्त्रणमा लिएर औसधि उपचार गराउन पहल गरिदिन वा निजको परिवारलाई खोजेर बुझाउन आग्रह गरेका छन् ।

यसरी दैनिकजसो उत्पात मच्चिँदा ठूलो दुर्घटना वा अप्रिय घटना हुने खतरा रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायले तत्काल पहल गरी यस्ता गतिविधि नियन्त्रण गर्न र उक्त व्यक्तिको उचित व्यवस्थापन गर्नुपर्ने माग स्थानयको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *