गुल्मेली समाज सेवा बाँकेले गर्यो ५ जनालाई सम्मान

मुख्य खबर लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : गुल्मेली सेवा समाज बाँकेले शुक्रबार तीज मिलन तथा विभिन्न व्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालगन्जको खजुरा रोडमा रहेको होटल पौवामा भएको कार्यक्रममा गुल्मेलीका सन्ताहरु मध्येबाट कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा उत्कृष्ट जि.पि.ए. ल्याउने एकजना छात्र र एकजना छात्रालाई नगद रु ५/५ हजार र प्रमाणपत्रले सम्मान गरेको छ ।

सम्मानित हुनेहरूमा नेपालगन्जको ज्ञानोदय विद्या निकेतन मा.वि. बाट अध्ययन गरेकी छात्रा नैना घिमिरे रहेकी छिन भने अर्को छात्र तर्फबाट आदर्श मा.वि. मा अध्ययन गरेका छात्र सक्षम गौतम रहेका छन् ।

त्यसैगरी सम्मानित हुनेहरुमा नेपाल बार काउन्सिलमा लुम्बिनी प्रदेशको पाषर्दमा निवार्चित अधिवक्ता इश्वरी ज्ञवाली, लामो समयसम्म शिक्षण पेसा गरिरहेकी हाल फुल्ट्रेका मा.वि. मा प्रधानाध्यापक रहनु भएको शान्ति कंडेल र बाँकेको चप्परगौडीमा प्रधानाध्यापक रहनु भएको सुमित्रा न्यौपाने रहनु भएको छ उहाँहरुलाई खादा लगाइदिएर र प्रमाणपत्रले सम्मान गरिएको थियोे ।

गुल्मेली समाज सेवा बाँकेका सचिव हिमनाथ पौडेलले सञ्चालन गरेको कार्यक्रममा समाजका अध्यक्ष हरिलाल न्याैपानेको अध्यक्षतामा भएको थियोे भने कार्यक्रममा प्रमुख अतिथि ब्रह्म कुमारी ईश्वरीय विद्यालय कि क्षेत्रीय प्रमुख दुर्गा देवी पौडेल रहनु भएको थियोे । त्यसैगरि पुर्व अध्यक्षहरु, सल्लाहकार, लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियोे ।

समाजले गुल्मी घरभइ हाल कोहलपुर इलाका कार्यालयमा कार्यरत प्रहरी निरिक्षक हरि भट्टराई लगायत गुल्मी जिल्ला घर भइ विशिष्ट पदमा बाँकेका कार्यालयहरुमा कार्यरत रहनु भएका व्यक्तिहरुलाई पनि सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *