अनेरास्ववियुको केन्द्रीय सचिवका लागि बाँकेका मोहित शाहको दावी

शिक्षा


नेपालगन्ज : अनेरास्ववियुको केन्द्रीय सचिवका बाँकेका मोहित शाहको दाबी रहेको छ । लुम्बिनी प्रदेशको बाँकेको भूगोललाई राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गराउन र विद्यार्थीको पक्षमा अनेरास्ववियुलाई थप स्थापित गर्न  केन्द्रीय सचिवमा आफ्नो दाबी रहेको शाहले बताएका छन् ।

अहिले अनेरास्ववियुको देशभर २३ औ राष्ट्रिय महाधिवेशनको रौनक छ । अनेरास्ववियुका लुम्बिनी प्रदेशका सचिब शाह महाधिवेशनमा व्यस्त देखिन्छन् । वि.सं २०६२ सालमा अखिलको सदस्यता लिएर राजनितिलाई नजिकबाट नियालेका शाह क्याम्पस कमिटीको नेतृत्व, जिल्ला कमिटीको नेतृत्व हुदैन लुम्बिनी प्रदेश सचिव, केन्द्रीय कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।

अब हुने २३ औ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सचिव हुने इच्छा रहेको उनले नागरिक पथलाई जानकारी दिए । हक्की स्वभाव,कुशल सङ्गठन,प्रखर वक्ता, गतिशीलता, क्रियाशीलता र निरन्तरता दिने विद्यार्थी नेतामा उनी पर्छन् । उनले आयोजकले न्याय गर्नेमा ढुक्क भएको बताए ।

उनले अनेरास्ववियुको इतिहासको विरासत कायम गर्न, निःशुल्क शिक्षालाई कार्यान्वयनमा ल्याउन ,समाजमा देखिएको बेथिति, विसङ्गतिका विरुद्धमा, विश्वविद्यालय र क्याम्पसहरूमा देखिएको अराजकतालाई अन्त्य गर्न, तोकिएकै समयमा स्ववायु निर्वाचन गराउन  र साँच्चै विद्यार्थीको पक्षमा अनेरास्ववियुलाई थप स्थापित गर्नका लागी  आफ्नो सचिवमा दाबी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *