नेपालगन्ज मेयर कप साइक्लिङ दौडको उपाधि सशस्त्रका सुरज रानामगरले जित्न सफल


नेपालगन्ज :  बाँकेको नेपालगन्जमा नेपालगन्ज साइक्लिङ क्लवको आयोजना र विभिन्न संघ संस्थाहरुको आर्थिक सहयोगमा गरिएको नेपालगन्ज मेयर कप साइक्लिङ क्लबको एम. टि. बि. इलाइट ग्रुपको ३६ किलोमिटर दौडमा सशस्त्रका सुरज सारु मगर प्रथम भएका छन् ।

शनिबार बिहान ७:३० बजे नेपालगन्ज उपमहानगरपालिकाको गेट नजिकैबाट सुरु गरिएको उक्त दौड प्रतियोगिता कोहलपुरसम्म पुगेर फर्किनु पर्ने थियो । उनले उक्त किलोमिटर १ घण्टा २ सेकेन्डमा पूरा गरेका थिए । उनले नगद रु ५००००/ पचास हजार नगद जित्न सफल भएका छन् ।  त्यसैगरी सोही ग्रुपमा दोस्रो स्थानमा हासिल सशस्त्रका  अच्युत कृष्ण खरेल भएका छन् । उनले १ घण्टा ४ सेकेन्डमा पुरा गरेका थिए । उनले नगद रु २५०००/ पच्चीस हजार जित्न सफल भएका छन् । त्यसैगरी तेस्रो हुन सफल बाँकेका  जग्गु थारु भएका छन् । उनले नगद रु १५०००/ पन्ध्र हजार जित्न सफल भएका छन् ।

एम टी बि मास्टर २५ किलोमिटर साइक्लिङ दौडमा प्रथम स्थान हुन सफल सिन्धुपाल्चोकका हर्क लामा, दोस्रो स्थानमा बाँकेका देब बोहरा र तेस्रो स्थान बाँकेकै दिपक मल्ल भएका छन् । उनीहरूले क्रमश नगद रु २००००/ बीसहजार, १५०००/ पन्ध्र हजार र १००००/- दस हजार जित्न सफल भएका छन् ।

एम. टि. बि. स्कुल १६ किलोमिटरमा प्रथम स्थान हासिल गर्न सफल दिलोसन बोहरा , द्वितीय अनमोल गुप्ता , तृतीय रन्जित चौहान भएका छन् । उनीहरूले क्रमश १००००/ दस हजार, ७०००/ सात हजार, ५०००/ तीन हजार जित्न सफल भएका छन् ।
उक्त दौड प्रतियोगितामा साधारण महिला १६ किलोमिटर खुलामा प्रथम स्थान हासिल गर्न सफल रुपा थारु, दोस्रो समिता थारु, तृतीय मिना कुमारी थारु भएका छन् । उनीहरूले क्रमश १००००/ दस हजार, ७०००/ सात हजार, ५०००/ तीन हजार जित्न सफल भएका छन् ।

नर्मल पुरुष तर्फ २५ किलोमिटर दौडमा प्रथम स्थान हासिल गर्न सफल बिनोद यादव, दोस्रो स्थान लिखन प्रसाद चौधरी र तृतीय स्थानमा जगत राम यादव भएका छन् । उनीहरूले क्रमश १००००/ दस हजार, ७०००/ सात हजार, ५०००/ तीन हजार जित्न सफल भएका छन् ।

विजेता खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र नेपालगन्ज उपमहानगरपालिकाका  वडा नं १२ का वडा अध्यक्ष तरुण ब्रजाचार्य, क्लवका अध्यक्ष प्रदिप सापक‍ोटा, कार्यक्रम संयोजक कबिराम बुढाथोकी लगायतले वितरण गरेका थिए ।

उक्त कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सिठी फुकेर गरेका थिए । उक्त कार्यक्रममा प्रहरी प्रमुख तुल बहादुर कार्की, इमाम नगर ब्यारेकका  कर्नेल दिपक गुरुङ लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रम समापनको बेलामा बाँके साइक्लिङ संघका अध्यक्ष गगन थापा, टिम डि. एच. का अध्यक्ष दिनेश कुमार थापा, क्लवका कोषाध्यक्ष राजेश कुमार गुप्ता, सल्लाहकार लभराज श्रेष्ठ  लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक कबिराम बुढाथोकीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *