नेपाली कम्युनिस्ट पार्टी ( नेकपा) ले आगामी हुन लागेको स्थानीय र प्रदेश सभा चुनावको तयारीका लागि दुई महिने जागरण अभियान आजदेखि सञ्चालन गर्न लागेको छ ।
पार्टीको असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजनको बैठकको निर्णय अनुसार कार्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्ममा अभियान सञ्चालन गर्न लागिएको बताइएको छ ।
नेकपाले आगामी चुनाव, पार्टीको महाधिवेशन, संगठन सुदृढीकरणक, जनजीविकाका सवाल र सरकारले गरेका जनविरोधी क्रियाकलापको विरुद्ध आन्दोलन गर्ने सम्मको अभियान सञ्चालन गरिने पार्टीका सचिव गणेशमान पुनले बता।
नेकपाले आफु मतदाता रहेको क्षेत्रमा नेताहरू अनिवार्य जानुपर्ने निर्देशन दिएको छ ।

अन्तर पार्टी निर्देशन अनुसार नेकपाका अभियान अन्तर्गत निम्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१. पार्टी समितिहरु र जनवर्गीय संगठनहरुको समायोजन बाँकी काम सम्पन्न गर्ने ।
२. संगठित सदस्यता नवीकरण तथा विस्तार अभियान तीव्र रुपमा सञ्चालन गर्ने ।
३. पार्टीका बैठक, भेला, प्रशिक्षण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने ।
४. जनता र पार्टी बिचको सम्बन्धलाई प्रगाढ बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
५. सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्ने ।
६. जनताका माग र दैनिक जनजीविकाका मुद्दाहरु सङ्कलन गरी सम्बन्धित निकायमा पेश गर्ने ।
७. श्रम तथा जनसेवाका कार्यक्रमहरु सञ्चालन गर्ने ।
९. विपद प्रभावित क्षेत्रमा उद्दार तथा राहात र पुनःस्थापना का कार्यहरुमा सहयोग गर्ने ।
१०. महंगी , भ्रष्टाचारी, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताका समस्यामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने । केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा जिल्लामा प्रमुख जिल्ला अधिकारी समक्ष मागपत्र र ज्ञापनपत्र पेश गर्ने योजना रहेको नेकपाले जनाएको छ ।
