नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी वलीले ग्रिन कर्णाली बहुउद्देश्यीय उद्योगको शाखा कार्यालय नेपालगन्ज ६, बसपार्क पछाडि शिब मन्दिर नजिकै आज घटस्थापनाको दिन पारेर उद्घाटन गरिएको छ ।
बेतबासका सम्पूर्ण फर्निचर बनाउने ग्रिन कर्णाली बहुउद्देश्यीय उद्योग सुर्खेत स्थापना भएको ५ वर्षपछि नेपालगन्जमा उद्घाटन गरिएको उद्योगको सञ्चालक लक्ष्मी भट्टराईले बताउनुभयो । सुर्खेतमा ६० लाख बढी लागतका सञ्चालन गरिएको उद्योग नेपालगन्जमा २५ लाखजति लागतमा सञ्चालन गरिएको र यसको बजारीकरण भविष्यमा विदेशसम्म पुर्याउने लक्ष्य लिएको भट्टराईले बताउनुभयो ।

भट्टराईका अनुसार बेतबाट बनेका फर्निचर घरमा राखेमा सकारात्मक उर्जा आउने वैज्ञानिक कारण भएकोले सबैलाई प्रयोग गर्न अनुरोध गर्नुभएको छ । उक्त बेतबास बाट बनेका सामाग्री सबै हातले बनाउने भएको हुदा टिकाउ धेरै हुने बताउनुभयो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी वलीले महिला उद्यमीहरूले सञ्चालन गरेको उद्योगलाई वाणिज्य संघले बजारीकरण गर्न र कानुनी रुपमा आउने समस्याहरु समाधान गर्न पहल गर्ने बताउनुभयो । यस्ता किसिमका उद्योग खोल्नाले स्वदेशमै रोजगारी सिर्जना हुनका साथै आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो ।
ग्रिन कर्णाली बहुउद्देश्यीय उद्योगकि शुभचिन्तक सुमन गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य समाजसेवी सुष्मा गिरीले राख्नु भएको थियो । त्यसैगरी दैलेखी समाज बाँकेका अध्यक्ष पुर्णदेव गिरी, महिला उद्यमी बिन्दु चर्तीमगरले शुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त उद्घाटन कार्यक्रममा नेपालगन्जका सफल व्यवसायी कृष्णप्रसाद श्रेष्ठ, कानुन समाज सेवा बाँकेका अध्यक्ष छत्र सुनार लगायतको उपस्थिति रहेको थियो ।
