नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. ले राष्ट्रिय परीक्षा बोर्डबाट लिइएको कक्षा १२ को नतिजामा यस क्षेत्रमै उत्कृष्ट रिजल्ट दिएको छ ।
९७.७६ प्रतिशत नतिजा दिएर पुनः शिक्षा क्षेत्रमा आफ्नो पहिचान यथावत राख्न सफल भएको भन्दै कलेजका कार्यकारी प्रमुख गणेश भण्डारीले शिक्षक, अभिभावक, विद्यार्थी सबैलाई धन्यवाद दिएका छन् । उनले विद्यालयले पढाइका संगसंगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट नतिजा दिदै आइरहेको बताए ।
उक्त विद्यालयमा विज्ञान संकाय, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, व्यवस्थापन, कानुन संकायमा अध्ययन अध्यापन भइरहेको विद्यालयका प्रिन्सिपल मान बहादुर थापाले बताए ।

आइतबार होटल पौवामा कक्षा ११ का नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा ओरिन्टेशन कार्यक्रम राखिएको विद्यालयका संयोजक खुमलाल शर्माले बताउनुभयो । कक्षा ११ मा ४५० बढी विद्यार्थी भना भएको कार्यकारी प्रमुख भण्डारीले बताए ।
