नेपाल शिक्षक संघ बाँकेको मतदान हुदै

लुम्बिनी प्रदेश बिशेष शिक्षा


नेपालगन्ज : नेपाल शिक्षक संघ बाँकेको ९ औं जिल्ला अधिबेशनबाट सहमति हुन नसकी केही पदमा आज निर्वाचन भएको छ । अध्यक्ष, सचिव र सहसचिव पदमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियामा लागिएको छ ।
नेपालगन्जमा रहेको मंगल प्रसाद मा.वि.मा भएको मतदान प्रक्रिया अहिलेसम्म पनि चलिरहेको छ, उक्त पदहरुमा सहमति नजुटेपछि मतदान गर्न लागिएको हो । अध्यक्ष पदमा ऋषि राज शर्मा र शेषर रावत, सचिव पदमा चन्द्र बहादुर एरी र हरि प्रसाद अधिकारीको विचमा प्रतिस्पर्धा भएको छ भने सहसचिव पदमा रमेशकुमार बि.सी., प्रदिप कुमार खत्री र गोविन्दराज पौडेलको उम्मेदवार रहेको छ। अन्य पदहरुमा सहमति जुटेको सहमतिको कार्यदलका सदस्य दोर्ण वलीले बताउनुभयो ।
नेपाल शिक्षक संघ बाँकेका १२ सय ५७ जना सदस्यहरु रहेकोमा ८ सय देखि ९ सय सम्म मत खस्न सक्ने अाकलन गरिएको छ । आजै मतगणना हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *