आन्दोलनको १२ औं दिन पुग्दा व्यवस्थापनपक्ष  कानमा तेल हालेर बस्दा कर्मचारीहरु थप आक्रोशित



नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा आन्दोलन चलेको १२ औं लिन पुगेको छ । लामो समयसम्म पनि कर्मचारीहरुका मागलाई व्यवस्थापनले सम्बोधन नगर्दा कर्मचारीहरु आक्रोशित भएका छन् ।

नेपालगन्ज मेडिकल कलेजमा रहेका तिनवटा कर्मचारी युनियनहरुले संयुक्तरूपमा २०८१ असार ४ गते ७ बुँदा र ४५ उपबुदा मागपत्र त्यहाँको व्यवस्थापनपक्षलाई पेस गरेको जनाएका छन् । व्यवस्थापन पक्षको वार्ता टोली र कर्मचारी युनियनको वार्ताटोली पटकपटक वार्तामा बसेपनि कुनै पनि निष्कर्षमा नपुगेपछि कर्मचारीहरुले कानुनी प्रक्रिया पुर्याएर आन्दोलन गरेको आन्दोलन परिचालन केन्द्रीय कमिटी संयोजक रत्ना गिरीले बताउनुभयो ।

कर्मचारीहरुले उठाएका मागहरु जायज भएको र त्यहाँको व्यवस्थापन पक्षले सम्बोधन गर्नुपर्ने भन्दै विभिन्न संघ संगठनहरुले उक्त आन्दोलनलाई ऐक्यबद्धता जनाएका छन् । आन्दोलनलाई संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बाँके, नेपाल नर्सिङ संघ बाँके, राष्ट्रिय स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, प्रगतिशील जनस्वास्थ्य कर्मी संघ, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट, अखिल नेपाल ट्रेड युनियन महासंघ बाँके लगायतका संघ संगठनहरुले ऐक्यबद्धता जनाएको संयोजक गिरीले बताइन् ।

कर्मचारीहरुको आन्दोलन नेपालगन्ज अस्पताल  , कोहलपुर अस्पताल र चिसापानी तिनै ठाउँमा चलेको छ । नेपालगन्जमा आन्दोलनको संयोजक नेत्र बहादुर खत्री, सह संयोजकमा विजय कुमार त्रिपाठी र सौरभ पाण्डेलाई जिम्मेवार दिइएको छ । कोहलपुर अस्पतालमा आन्दोलनको संयोजक हरिप्रसाद चालिसे, सह संयोजकमा पुतला विष्ट र उर्मिला खनाललाई जिम्मेवारी दिइएको जनाइएको छ । चिसापानी क्याम्पसमा आन्दोलनको संयोजक बम बहादुर जि.सी. र सह संयोजकमा शेरेन्द्र कुमार सोनीलाई जिम्मेवार दिइएको छ ।

त्यसैगरी तिनै ठाउँको आन्दोलन केन्द्रीय परिचालन कमिटीको संयोजकमा रत्ना गिरी, सह संयोजकमा यम बहादुर खड्का र अनिता थापालाई जिम्मेवार दिइएको छ । सदस्यहरमा संघ संगठन र स्वास्थ्यकर्मीका पदाधिकारीहरुलाई राखिएको संयोजक गिरीले बताउनुभयो । उक्त आन्दोलनलाई थप सल्लाह सुझाव दिन र व्यवस्थित बनाउन आन्दोलन परिचालन समन्वय कमिटी गठन गरिएको छ । जसको केन्द्रीय समन्वय कमिटीको संयोजकमा अब्दुल हुसेन खान, सदस्यहरुमा राम बहादुर मल्ल, टि.एन. रावत, कुश्माखर बश्याल रहनु भएको छ । त्यसैगरी नेपालगन्जमा सुमन गिरीको संयोजकमा अन्य सदस्यहरु गठन गरिएको छ भने चिसापानी क्याम्पसमा नारायण प्रसाद प‍ोखरेलको संयोजकमा सदस्यहरु गठन गरिएको आन्दोलन परिचालन केन्द्रीय कमिटी सह संयोजक यम बहादुर खड्काले बताउनुभयो ।

अस्पतालका इमर्जेन्सी सेवा बाहेकका ओ. पी. डी. सेवा, प्रशासनिक कार्यालय, फाइनान्स, एकेडेमी सबै ठाउँमा कर्मचारीहरुले तालाबन्दी गरेका छन् । स्थानीय जनताहरु, नागरिक समाज लगायतले कर्मचारीहरुका जायज मागलाई यगासिघ्र चाडैं सम्बोधन गरेर बिरामीको स्वास्थ्य उपचारमा सहज वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *