बाँके ट्राफिक प्रमुख शाहीको एक्सन, स्टाटस हेरेर  गल्ती गर्ने म्याजिक चालकलाई कारबाही

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : कुनै व्यक्तिले सामाजिक सञ्जालमा हालेको स्टाटस पछि गल्ती गर्नेलाई कारबाही भयो भन्दा नपत्याउन सकिन्छ तर बाँके ट्राफिक प्रमुख कनक बहादुर शाहीले व्यक्तिको स्टाटस पछ्याउँदै  म्याजिक र म्याजिक चालकलाई ट्राफिक प्रहरी कार्यालय कोहलपुरमा झिकाएर कारबाही गरेका छन् ।

पछिल्लो समय प्रहरी प्रशासनलाई काम कारबाही गर्न हौसला मिलेको छ, उनीहरूले कसैलाई पक्राउ गरेर  कारबाही  गर्न लाग्दा पहिला पहिला धेरैको फोन आउने गर्दथ्यो तर बालेन्द्र साह प्रधानमन्त्री भएपछि कहीँ कसैको दवाव नआएको प्रहरी प्रमुखहरु बताउँछन् ।

सोमबार कोहलपुरदेखि नेपालगन्ज फर्कने क्रममा बागेश्वरी यातायातको म्याजिकका चालकले प्यासेन्जरलाई गरेको व्यवहार, मान्छे धेरै राखेको  र उहाँले बोलेको कुरालाई लिएर पत्रकार केपी घिमिरेले सामाजिक सञ्जालमा म्याजिकको फ‍ोटो सहित प‍ोष्ट गरेका थिए उक्त पोष्ट हेरेपछि ट्राफिक प्रहरी शाहीले बुधबार सम्बन्धित म्याजिक चालक र स्टाटस हाल्ने व्यक्तिलाई कार्यालयमा झिकाइ अब उप्रान्त त्यस्तो गल्ती नगर्ने र मान्छे सिट क्षमता भन्दा बढी राखेकोमा जरिवाना तिराएर अब उप्रान्त गल्ती नगर्ने गरि चालकलाई सम्झाएर पठाएका छन् ।

ट्राफिक प्रमुख शाहीले कही कतै तपाईंहरुलाई कसैले दु:ख दियो, तपाईंको नजरमा गल्ती लाग्छ भने कित फोन गरेर जानकारी गराउनु कित सामाजिक सञ्जालमा हालेपनि हामी सम्बन्धित व्यक्तिलाई बोलाएर कारबाही गर्छौ भनेर भनेका छन् । ट्राफिक प्रमुखको रुपमा शाहीको आगमन पश्चात् दैनिक मापसे चेकजाँच, लापसे चेकजाँच भइरहेको हुदा सडक दुर्घटनामा कमी आएको स्थानीय बासिन्दाहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *