रास्वपा बाँकेमा आतंक बस्नेतले आतंक मच्चाए, होटल पौवामा सयौंको संख्यामा पार्टी प्रवेश गराए

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : सोमबार बाँकेको नेपालगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेहरूको संख्या सयौंको रहेको छ, स्थानीय होटल सुनाखरी रेष्टुरेन्टमा राप्रपाका नेता नन्दलाल वैश्य सहितको टिम प्रवेश गरेका छन् भने होटल पौवामा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पुर्वाधार विकास अनुगमनका सदस्य आतंक बस्नेतले सयौंको संख्यामा प्रवेश गराएर आतंक मच्चाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय महामन्त्री भुपदेव शाहको प्रमुख आतिथ्यमा होटल पौवामा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता, राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता तथा कार्यकर्ता लगायत अन्य पार्टीका गरेर सयौंको संख्यामा प्रवेश गरेकाहरुलाई महामन्त्री शाहले टीका लगाएर प्रवेश गराएका थिए ।
राप्रपा युवा नेता सुशील वर्मा सहित सयौंको संख्यामा रास्वपा पार्टीमा प्रवेश गराएका बस्नेतले पार्टीमा इमानदार कार्यकर्ताको खाचो रहेको बताएका छन् । उक्त पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय महामन्त्री शाहले सबैले एकपटक पद भन्दा नि देश बनाउछु भनेर अठोट लिएर काम गर्न निर्देशन दिएका छन् । सबैलाई पद र टिकट दिन नसकिने भन्दै योग्य, इमानदार, केही गर्छु भन्ने हुटहुटी भएकालाई आगामी स्थानीय र प्रदेश सभामा टिकट दिइने बताएका छन् । उनले संख्यामा धेरै नहेरी गुण हेर्न पनि भनेका छन् ।
महामन्त्री शाहले स्थानीय सुनाखरी रेष्टुरेन्टमा दिउँसो ३ वजे पार्टी प्रवेश गरेकालाई टीका लगाएर स्वागत गरेका थिए भने होटल पौवामा साँझ ६ बजेदेखि पार्टी प्रवेश गरेकालाई टीका लगाएर स्वागत गरेका थिए । रास्वपा बाँके सभापति हरपाल सिंहको अध्यक्षमा भएको पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय महामन्त्री शाह, केन्द्रीय सदस्य सुनिता तिवारी, जिल्लाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *