स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरीहरुको बिदाई कार्यक्रम सम्पन्न

नेपालगंज बिशेष स्थानीय तह


नेपालगन्ज : स्थानिय तह निर्वाचन २०७९ को सुरक्षार्थ  जिल्ला प्रहरी कार्यालय बाँकेबाट नियुक्ती गरिएका म्यादी प्रहरीहरुलाई आज एक कार्यक्रम गरि  कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीज्यूले एक कार्यक्रमका बिच बिदाई गर्नुभएको छ ।

प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले संचालन गर्नु भएको उक्त
कार्यक्रममा प्रहरी उपरीक्षक ज्यूले स्थानिय तह निर्वाचन २०७९ लाई शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्यादी प्रहरीले निर्वाह गरेको महत्वपुर्ण भुमिकाको कदर गर्दै बिदाई भई जान लागेका म्यादी प्रहरी हरुलाई धन्यबाद दिनुका साथै म्यादी प्रहरीको रुपमा सेवा गरेको प्रमाण पत्र समेत प्रदान गर्दै आगामी जिवनको सफलताको शुभकामना समेत ब्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा कार्यालयका प्रहरी नायव उपरीक्षक मधूसुधन न्यौपानेज्युले माननिय गृह मन्त्रीज्यु तथा नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय प्रहरी महानिरीक्षकज्युबाट प्राप्त धन्यवाद सन्देश समेत वाचन गरी सम्पुर्ण म्यादी प्रहरीहरुलाई बिदाई गरिएको  थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *